नौ महिनापछि सुरु भयो सवारी लाइसेन्स परीक्षा प्रकृया
काठमाडौं । सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा प्रक्रिया सुरु भएको छ । कोरोनाको महामारीका कारण नौ महिना अघिदेखि बन्द रहेको परीक्षा प्रकृया पुनः सूचारु गरिएको हो ।
लकडाउनका कारण गत चैत ११ गतेवाट लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बन्द भएको थियो । यातायात व्यवस्था विभागले मंगलवारबाट लाइसेन्सको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो ।
विभागको बेवसाइटमा राखिएको लिंक...






























