महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–५ का एक दम्पतीको शव खाल्डो खनेर जमिनमा गाडिएको अवस्थामा फेला परेको छ । पिपरास्थित सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवीको शव पिपरा–२ स्थित बाटो छेउमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु गत फागुन १० गते रातिदेखि बेपत्ता थिए । प्रहरीले खाल्डोबाट खनेर उनीहरुको शव निकालिएको छ । छोरा बुहारीले गीतादेवीले लगाएको कपडा, पोते र चुरा तथा मुसाफिरले लगाएको टिसर्टका आधारमा शवको सनाखत गरेका छन् ।
यसअघि उनीहरु अपहरणमा परेको भन्दै प्रहरीले पिपरा गाउँपालिका–५ सहोडवाका ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा–६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको छ ।