धनकुटाको सहिदभूमिले पहिलो पटक पायो एम्बुलेन्स, थापाद्वारा हस्तान्तरण
काठमाडौं । धनकुटाको सहिदभूमिका लागि सूर्य बहादुर थापा प्रतिष्ठानले एम्बुलेन्स हस्तान्तरण गरेको छ । काठमाडौंको मालिगाउँमा शुक्रबार कार्यक्रम आयोजना गरी प्रतिष्ठानले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
भारत सरकारबाट प्राप्त उक्त एम्बुलेन्स प्रतिष्ठानका अध्यक्ष एवं पूर्व मन्त्री सुनिल बहादुर थापाले सहिदभूमि–१ का वडाध्यक्ष असोक राईलाई हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै था...






























