राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको मृत्यु
काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण ६७ वर्षको उमेरमा उनको मृत्यु भएको हो ।
उनमा दुई हप्ता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाल एपिएफ अस्पतालमा उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन संविधानसभा सदस्यसमेत हुन् । उनी मिडिया सोसाइटीका पूर्व अध्यक्ष, बैदेशिक रोजगार व्यवस...






























