आमहड्तालमा काठमाडौंबाट बिहानै ७१ जना पक्राउ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले घोषणा गरेको आमहड्तालमा बन्द गराउँन सडकमा निस्केकालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नेकपाका नेता अष्टलक्ष्मी शाक्य र हितमान शाक्यसहित ८ जनालाई कलंकीबाट प्रहरीले पक्राउ गरेको हो । नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा ४० जनाको समूह आमहड्ताल गराउन शान...































