- संगालोखबर सम्वाददाता

काठमाडौं । आज घोडे जात्रा । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्रा काठमाडौं उपत्यकामा धुमधामपूर्वक मनाइदैछ । जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ ।

Advertisement

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतको उपस्थितीमा हुँने कार्यक्रममा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्नेछन् । सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायत प्रदर्शन गर्ने कार्यक्रम छ । जात्राको अवसरमा ललितपुरमा पनि एउटा आँखाले मात्र देख्ने एक्लो घोडा दौडान्छ ।

घोडे जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ ।

किम्वदन्ती अनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रुखमा गुरुमापा भन्ने राक्षसको बास हुन्थ्यो । सोही राक्षसले सहरका बालबालिकाहरुलाई दुःख दिनाले स्थानीय आजित थिए । दुःख दिने राक्षसलाई घोडाको टापले कुल्चाउ घोडे जात्रा पर्व मनाउँन थालिएको किम्वदन्ती छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!