संगालोखबर सम्वाददाता

काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु गरेर मनाएको छ । बार्षिकाेत्सवकाे अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समिति अध्यक्ष अमीर प्रताप राणाले गरे ।

पशुपति क्षेत्र विकास कोष, काठमाडौ महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत उच्च व्यवस्थापनका पदाधिकारीसहित कर्मचारीहरुकाे सहभागिता थियो ।

हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे यस बैंकले आफ्नो २० वर्षको यो अनवरत यात्राका क्रममा शुभचिन्तकहरुले दिएको अथक साथ र विश्वास प्रति हार्दिक आभार व्यक्त गरेकाे छ । आफ्ना सेवा र सुविधालाई नवीनतम प्रणालीका साथ सशक्त र सुलभ बनाउँदै जाने बैकले प्रतिवद्धता पनि व्यक्त गरेकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!