तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ?
काठमाडौं । देशभरका पुराना स्थानीय निकायहरु खारेज भएर ती पुराना संरचनाको ठाउँमा शुक्रबारदेखि ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् ।
सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । नवनियुक्त स्थानीय विकास मन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मुलुकभरका बिगत २५ वर्षदेखि अस्तित्वमा रहेका गाविसका संरचनाहरु भंग भएको...
