फलेवास (पर्वत) । आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा आज सकेट बम भेटिएको छ ।

Advertisement

नेपाली काँग्रेसका नेता जोशीको घरको भुइँतलामा रहेको उनकै कार्यालयमा प्लास्टिकभित्र राखिएको अवस्थामा बम फेला परेको हो ।

उक्त बम नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!