- रासस

काठमाडौँ । मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

Advertisement

आयोगका प्रमुख म्याट पोलार्डले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव फिर्ता लिई स्वतन्त्र न्यायापालिका र शक्तिपृथकीकरणको उचित अभ्यास गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध अनुपयुक्त ढङ्गले ल्याइएको महाअभियोग प्रस्ताव संसद्बाट पारित गर्न अस्वीकार गर्नुपर्ने उल्लेख गरिएको छ ।

नेपालको इतिहासमा पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोगले स्वतन्त्र न्यायापालिका र शक्तिपृथकीकरणको सिद्धान्तप्रति गम्भीर प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको न्यायिक क्षेत्रले अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै मानवअधिकारको रक्षा र कानुनी शासनको पालना गरेकाले अनावश्यक हस्तक्षेप गर्नु उचित नहुने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!