वैशाख । महोत्तरीको सोनमा गाउँपालिकामा एक बालिकाको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । आज एकाबिहानै साबिकका सुन्दरपुर गाविस–४ का विनोद रामकी ८ वर्षीया छोरी चञ्चला राम मृतावस्थामा पोखरीमा फेला परेकी छन् ।

गाउँभन्दा पाँचसय मिटर दूरीमा रहेको स्थानीयवासी गोवद्र्धन रायको पोखरीमा ती बालिकाको शव तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बुधबार दिनभरि हराइरहेकी ती बालिका आज पोखरीमा मृतावस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । मृतक बालिकाको शवपरीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!