यसरी हुन्छ दैनिक २ सय बढी नेपाली महिलाको तस्करी

यसरी हुन्छ दैनिक २ सय बढी नेपाली महिलाको तस्करी

काठमाडौं । मकवानपुरकी ३० वर्षीया रञ्जिता घले गत १ फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगिन् । नेपालबाट सीधै उडा चार घण्टामात्रै लाग्ने यूएई पुग्न उनलाई दुई साता लाग्यो । कारण– उनी श्रम स्वीकृतिमा गएकी थिइनन् । घरेलु कामदारलाई तस्करी गर्नेको बाटो नेपाल–दिल्ली–श्रीलंका घुम्दाघुम्दै आधा महिना बित्यो । उनलाई नेपालबाट पठाउने व्यक्ति थिए, भीमसेन गुरुङ । सारजाह विमानस्थल झरेपछि त्यहाँबाट टेकबहादु...
गोरखाको लाप्राकमा नमूना बस्ती निर्माणको स्वीकृति

गोरखाको लाप्राकमा नमूना बस्ती निर्माणको स्वीकृति

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नमूना बस्ती निर्माण गर्न गैरआवासीय नेपाली सङ्घलाई स्वीकृति दिएको छ । प्राधिकरण अन्तर्गतको भूकम्पप्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बिहीबारको बैठकले भूकम्पप्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने सर्तमा सङ्घलाई नमूना बस्ती निर्माण गर्न स्वीकृति दिएको हो । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली संयोजकत्व...
लागू भयो अनलाइन निर्देशिका, ५६ दिनभित्र लाइसेन्स लिनुपर्ने

लागू भयो अनलाइन निर्देशिका, ५६ दिनभित्र लाइसेन्स लिनुपर्ने

काठमाडौं । हाल सञ्चालनमा रहेका अनलाइन पत्रिकाहरुले अबको ५६ दिनभित्र नेपाल सरकारमा दर्ता गरेर लाइसेन्स लिनुपर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दर्ताको प्रमाणपत्र नलिई अनलाइन पत्रिका सञ्चालन गर्न नपाइने निर्देशिका लागू गरेको आज ४ दिन भएको छ । निर्देशिका लागू भएको ६० दिनभित्र अनलाइन पत्रिकाहरु दर्ता गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । राजपत्रमा सूचना जारी भएको मितिका आधारमा यो अनलाइन निर्देश...
नवराज सिलवाललाई आइजीपी नबनाउने सत्तापक्षको अडान

नवराज सिलवाललाई आइजीपी नबनाउने सत्तापक्षको अडान

काठमाडौं । सरकारले तत्काल नेपाल प्रहरीको महानिरीक्षकमा कसैलाई नियुक्त नगर्ने भएको छ । निर्वाचन आयोगले आचार संहिता लगाइसकेका कारण तत्काल आइजीपी नियुक्त गर्न नमिल्ने बताइएको छ । यसका साथै सत्तापक्षका नेताहरु अदालतले कार्यपालिकामाथि अनुचित हस्तक्षेप भएको निश्कर्षमा पुगेका छन् । ‘प्रहरी महानिरीक्षकको चयन कार्यपालिकाको अधिकारको विषय हो, नियमावलीअनुसार प्रहरी महानिरीक्षक छानिन्छ’ सरकारमा सहभागी एक ने...
नयाँ मतदाता परिचयपत्र कहिले र कसरी पाउने ?

नयाँ मतदाता परिचयपत्र कहिले र कसरी पाउने ?

काठमाडौं । तपाईसँग ०७० को निर्वाचनमा प्रयोग भएको फोटो सहितको मतदाता परिचयपत्र छ ? यदि त्यही परिचयपत्र बोकेर आगामी निर्वाचनमा मतदान गर्ने तयारीमा हुनुहुन्छ भने तपाईं गलत हुनुहुनेछ । निर्वाचन आयोगले उक्त मतदाता परिचयपत्र खारेज गरी नयाँ परिचय पत्र तयार गर्दै छ । उक्त नयाँ मतदाता परिचयपत्र प्राप्त व्यक्तिले मात्रै आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउनेछन् । कहाँ छ मतदाता परिचय पत्र ? ...
प्युठानमा स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु, ३ घाइते

प्युठानमा स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु, ३ घाइते

प्युठान । प्युठानको भिङ्ग्रीमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर रहेको प्युठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । स्वर्गद्वारी दर्शनका लागि ललितपुर सातदोबाटोबाट गएको बा ८ च १५६१ नम्बरको जीप आज बिहान पौने ८ बजे सडकबाट करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।  मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेका छन...
स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

काठमाडौं । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न केन्द्रीय सुरक्षा समितिले सरकारलाई सिफारिस गरेको छ । यो संख्या अघिल्लो निर्वाचनमा भन्दा करिब ३० हजार धेरै हो । सुरक्षा अवस्थाको विश्लेषणका आधारमा ७५ हजार म्यादी प्रहरी भर्नाको सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सुरक्षा समितिको सिफारिस मन्त्रिपरिषद्मा पुगिसकेको छ । मन्त्रिपरिषद्ले संख्या हेरफेर ...
६३ वर्षिया कालिकादेवी कक्षा ८ को परीक्षा दिँदै, अब मेयरमा चुनाव लड्ने

६३ वर्षिया कालिकादेवी कक्षा ८ को परीक्षा दिँदै, अब मेयरमा चुनाव लड्ने

बर्दिया । पढ्ने चाहनालाई उमेरले रोक्दैन भने झैँ बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी ६३ वर्षिया कालीकादेवी बिष्ट एक वर्षअघि छिमेकी गाउँको विद्यालयमा कक्षा ८ मा भर्ना हुनुभयो । उहाँ अहिले ठाकुरबाबा नगरपालिका–१ डुम्रेनी गाउँको जनचाहना आधारभुत विद्यालयमा कक्षा ८ को जिल्लास्तरीय वार्षिक परीक्षामा सहभागी हुनु भएको छ । ढाड दुख्ने समस्याले एक महिना काठमाडौंमा उपचारमै रहनुभएकी बिष्ट जहाज चढेर कक्षा...
बोल्दा बोल्दै फोन काटियो ? अब क्षतिपूर्ति पाइन्छ

बोल्दा बोल्दै फोन काटियो ? अब क्षतिपूर्ति पाइन्छ

काठमाडौं । बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या दिने दूरसञ्चार प्रदायक कम्पनीलाई क्षतिपूर्ति स्वरुप पहिलो चरणमा बिचमै बोल्दाबोल्दै फोन काटिए सो कल वापतको पैसा फ...
अब १४ मन्त्रालय मात्र, कुन मन्त्रालय कहाँ गाभिए ? (सूचीसहित)

अब १४ मन्त्रालय मात्र, कुन मन्त्रालय कहाँ गाभिए ? (सूचीसहित)

काठमाडौं । संविधान कार्यान्वयनसँगै अहिले ठूला भनिएका स्थानीय विकास, शिक्षा मन्त्रालय, शान्ति पुनर्निर्माण लगायतका मन्त्रालयहरु खारेज हुने भएका छन् । अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १४ वटामात्र मन्त्रालय रहने प्रस्ताव तयार भएको छ । काशिराज दाहाल नेतृत्वको प्रशासन सुधार सुझाव समितिले केन्द्रमा १२ मन्त्रालय बनाउन सुझाव दिएको थियो । तर केन्द्र, प्रदेश र स्थानीय तहमा रहने स...
कोरिया भाषा परीक्षा खुल्यो, यसरी भर्नुहोस् आवेदन (भिडियोसहित)

कोरिया भाषा परीक्षा खुल्यो, यसरी भर्नुहोस् आवेदन (भिडियोसहित)

काठमाडौं । नेपालमा पहिलो पटक रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि अनलाइन फारम आजदेखि फारम खुला भएको छ ।  फारम भर्नका लागि ग्लोबल आइएमइ बैंकमार्फत शुल्क तिर्नुपर्ने हुन्छ । रोजगारीका लागि आकर्षक गन्तव्य भएको कोरियामा रोजगारीका लागि घन्टौं लाइनमा बसेर आवेदन दिने गरेका थिए । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष करिब ८० हजार युवाले इ...
तीन लाखमा निर्माण हुने भूकम्पप्रतिरोधी घरको मोडल सार्वजनिक

तीन लाखमा निर्माण हुने भूकम्पप्रतिरोधी घरको मोडल सार्वजनिक

काठमाडौं । सरकारले दिएको तीन लाख रुपैयाँमा घर नबन्ने चिन्तामा रहेका भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खुसीको खबर दिएको छ । प्राधिकरणले स्वीकृत गरेको नयाँ डिजाइनको घर भूकम्पपीडितले दुई लाख ९२ हजार रुपैयाँमै तोकेको मापदण्डअनुसार बनाउन सक्नेछन् । प्राधिकरणले पक्की घरको ६ वटा नयाँ डिजाइन स्वीकृत गरेको छ । त्यसमध्येको एउटा डिजाइनमा दुईकोठे पक्की भवन तीन लाखमै बनाउन सकिनेछ । सोसाइटी अफ ...
नेपाल दक्षिण एसियाको तेस्रो खुसी राष्ट्र : संसारकै खुसी राष्ट्र कुन ?

नेपाल दक्षिण एसियाको तेस्रो खुसी राष्ट्र : संसारकै खुसी राष्ट्र कुन ?

काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ । विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९औँ सूचीमा छ । गत वर्ष भने नेपाल विश्वको १०७औँ खुसी राष्ट्रमा थियो । यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ । नर्वे संसारकै खुसी रा...
भारतले भूपूगोर्खा सैनिकको पेन्सन किन बढायो ?

भारतले भूपूगोर्खा सैनिकको पेन्सन किन बढायो ?

काठमाडौं । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ । यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो। भारत सरकारले पेन्सनका लागि छुट्ट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवासुविधासम...
फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा लाग्ने

फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा लाग्ने

काठमाडौं । मोबाइलमा कसैलाई कल गर्दा पाँच सेकेन्ड मात्र कुरा गर्नुभयो भने त्यही समयको मात्र पैसा तिर्न पाउनुहुन्छ ? पक्कै पाउनुहुन्न, किनकी मोबाइल कम्पनीले एक सेकेन्ड बोलेपनि त्यसलाई २० सेकेन्ड मानेर रकम असुलिरहेका छन् । तर, अबको सात महिनापछि तपाईले एक सेकेन्ड कुराकानी गरे त्यसकै मात्र रकम तिर्न पाउनु हुनेछ । सरकारले आगामी कात्तिक १ गतेदेखि मोबाइल कम्पनीले अनिवार्यरुपमा एक सेकेन्डलाई आधार मानि ज...
कार्यकर्ता रिझाउन बजेट बाँड्दै प्रधानमन्त्री, एउटै जिल्लामा ७३ करोड बजेट बाढियो

कार्यकर्ता रिझाउन बजेट बाँड्दै प्रधानमन्त्री, एउटै जिल्लामा ७३ करोड बजेट बाढियो

काठमाडौं । आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएका छन्। प्रधानमन्त्री दाहालको ठाडो निर्देशनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्जनौं खुद्रे  तथा टुक्रे कार्यक्रम बनाएर चितवनमा ७२ करोड ७१ लाख रुपैयाँ थप बजेट पठाइएको हो। प्रधानमन्त्रीको ठाडो निर्देशनमा चितवनमा खु...
२५ जिल्लामा हात्तीपाइलेको औषधी खुवाउँन सुरु, धनकुटामा डेढलाखलाई औषधी खुवाउँने लक्ष

२५ जिल्लामा हात्तीपाइलेको औषधी खुवाउँन सुरु, धनकुटामा डेढलाखलाई औषधी खुवाउँने लक्ष

धनकुटा । देशभरका २५ जिल्लामा शनिवारदेखि हात्तीपाईले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । धनकुटा, तेह्रथुम, भोजपुर, पाँचथर, ईलाम लगायत जिल्लामा हात्तीपाइलेको औषधी खुवाउँने तीन दिने अभियान चलाईएको हो । यसैवीच धनकुटाका तीन नगरपालिका र चारवटै गाउँपालिकामा हात्तीपाईले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । धनकुटामा यसपटक करिव डेढलाख मानिसलाई हात्तीपाइले रोग बिरुद्धको ...
प्रधानमन्त्रीपुत्र प्रकाशले लिए १५ लाखको आधुनिक हतियार

प्रधानमन्त्रीपुत्र प्रकाशले लिए १५ लाखको आधुनिक हतियार

काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन् । उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभ...
कांग्रेस नेता एवं पूर्व सहायकमन्त्री ढुंगेल मृत भेटिए

कांग्रेस नेता एवं पूर्व सहायकमन्त्री ढुंगेल मृत भेटिए

काठमाडौं । कांग्रेसका नेता एवं पूर्वकृषि सहायकमन्त्री रामहरि ढुंगेलको बुधबारराति काठमाडौं डिल्लीबजारस्थित डेरामा निधन भएको छ ।  उनको निधन हृदयघातबाट भएको हुन सक्ने अनुमान गरिएको छ । बेडमा सुतेकै अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको हो । अविवाहित ढुंगेल एक्लै बस्दै आएका थिए । राति केहि असजिलो भएपछि ढुंगेल हिमाल अस्पताल पुगेका थिए । अस्पतालले ग्यास्टिकको समस्या भन्दै सामान्य औषधि दिएर फर्काएपछि उनी...
सिमरनको शिरमा प्रिन्सेसको ताज

सिमरनको शिरमा प्रिन्सेसको ताज

विराटनगर । कलेज स्तरमा अध्ययरत बिद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको पूर्वाञ्चल कलेज प्रिन्सेसको ताज विराटनगर–१५ की सिमरन श्रेष्ठले पहिरिएकी छन् । २० जना प्रतिष्प्रधीलाई उछिन्दै १७ बर्षिया सिमरनले कलेज प्रिन्सेसको ताज जित्न सफल भएकी हुन् । सफलता के हो भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ठ जवाफ दिदै टप फाइभमा रहेका अन्यलाई उछिन्दै उनी कलेज प्रिन्सिेसको यो संस्करणको बिजेता बनेकी हुन । बिजयी भएसँगै उन...
बाँकेमा एमाले र मोर्चाका कार्यकर्तावीच तनाव, प्रहरीद्धारा हवाइ फायर र अश्रुग्यास प्रहार

बाँकेमा एमाले र मोर्चाका कार्यकर्तावीच तनाव, प्रहरीद्धारा हवाइ फायर र अश्रुग्यास प्रहार

नेपालगञ्ज । बाँके जिल्लामा पर्ने गुलरिया- नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुर्इ राउण्ड हवार्इ फायर गर्नुपरेको जिल्ला प्रशासनले जनाएको छ । तर, मधेसी मोर्चाका नेता इस्तियाक राईले भने आफ्ना कार्यकर्ताले प्रहरीको हतिय...
देशभरका सवै स्थानीय तहमा तत्काल कर्मचारी पठाईदै

देशभरका सवै स्थानीय तहमा तत्काल कर्मचारी पठाईदै

काठमाडौं । सात सय ४४ वटै स्थानीय तहमा तत्काल कार्यकारी अधिकृत पठाउने अन्तिम तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ । निर्वाचन आयोगले चैत ३ भित्र सबै गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाइसक्नुपर्ने निर्देशन दिएपछि मन्त्रालयले उनीहरूलाई पठाउन लागेको हो । मन्त्रालयमा नपुग कर्मचारी सामान्य प्रशासन मन्त्रालयसँग माग गरेकामा सामान्य प्रशासनले सोमबारै ३ सय बढी अधिकृतको व्यवस्थापन मिल...
फरार अभियुक्त बालकृष्ण ढुंगेललाई सार्वजनिक अभिनन्दन

फरार अभियुक्त बालकृष्ण ढुंगेललाई सार्वजनिक अभिनन्दन

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् । नयाँ संरचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेललाई ताम्रपत्रसहित सम्मान गरिएको  हो । सर्वोच्च अदालतले आफ्नो फैसला कार्यान्वयन नभएको भन्दै पक्राउ...
दुई एसएसपीको हिटलिस्टमा गणेश लामादेखि मिलन चक्रेसम्म, को-को छन् सूचीमा ?

दुई एसएसपीको हिटलिस्टमा गणेश लामादेखि मिलन चक्रेसम्म, को-को छन् सूचीमा ?

काठमाडौँ– सिङ्गो उपत्यकाको अपराध अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय अपराध महाशाखा र पुलिस युनिफर्ममा सजिएर हरेक सेकेन्ड काठमाडौँको चोकदेखि गल्लीसम्म खटिने काठमाडौँ प्रहरीको मुख्यालय वर्षौंदेखि एकैठाउँमा छ । दुवै निकायमा समान हैसियतका प्रहरी अफिसर (एसएसपी) ले कमान्ड गर्दै आएका छन् । कार्यालय एकै ठाउँमा भए पनि समान दर्जाका प्रहरी अफिसरको दरबन्दीका कारण पटक–पटक यी दुई निकायबीच मनमुटाव हुने गरेक...
कानुन मिचेर राज्यकोषबाट कार्यकर्तालाई ८ अर्ब बाँडिदै

कानुन मिचेर राज्यकोषबाट कार्यकर्तालाई ८ अर्ब बाँडिदै

काठमाडौं । स्थानीय तह निर्वाचनअघि आफ्ना पार्टी कार्यकर्ता र तिनको परिवारलाई राहत तथा क्षतिपूर्तिका नाममा सरकारले राज्यकोषबाट ठूलो रकम वितरण गर्न लागेको छ।  मन्त्रिपरिषदको गत बुधबारको बैठकले माओवादी द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका १६ हजारभन्दा बढी व्यक्तिको घरपरिवारलाई राहत तथा क्षतिपूर्ति भन्दै ८ अर्ब रुपैयाँभन्दा बढी रकम राज्यकोषबाट वितरण गर्ने निर्णय गरेको हो।   मन्त्रिपरिषदको यो निर्ण...
बसोबासका लागि दुनियामा सबैभन्दा उत्तम देश कुन होला ? यस्तो छ पछिल्लो रिपोर्ट

बसोबासका लागि दुनियामा सबैभन्दा उत्तम देश कुन होला ? यस्तो छ पछिल्लो रिपोर्ट

बसोबासका लागि दुनियामा सबैभन्दा उत्तम देश कुन होला ? पछिल्लो रिपोर्ट अनुसार स्विजरल्याण्ड विश्वका बस्न लायक देशको सूचिमा पहिलो नम्बरमा परेको छ । हालसम्म सबैभन्दा बस्नलायक देशको रुपमा रहेको जर्मनीको अवस्था खस्किएर चौथो स्थानमा झरेको छ । द्दण्ज्ञठ द्यभकत ऋयगलतष्भक को दोश्रो वाषिर्क सूचिमा सांस्कृतिक प्रभाव, सम्पदा, सामथ्र्य, जिवनको गुणस्तर लगायतका मापदण्डलाई आधार बनाएर सोही आधारमा अंक प्रद...
स्थानीय तहको चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन ? यस्तो छ खर्चको सीमा

स्थानीय तहको चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन ? यस्तो छ खर्चको सीमा

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले खर्च पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी रकम खर्च गरेको खुल्न आएमा विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुने छ । आयोगका अनुसार चार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने सीमा तोकिएको छ । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारको चु...
आज फागु पूर्णिमा अर्थात् होलीः हर्षोल्लासपूर्वक मनाइँदै

आज फागु पूर्णिमा अर्थात् होलीः हर्षोल्लासपूर्वक मनाइँदै

धनकुटा । रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आईतवार (आज) मनाईदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ । हरेक बर्ष बसन्त ऋतुको आगमनसँगै फागु पूर्णिमा मनाईन्छ । फागु पूर्णिमाको आज विशेष दिन हो । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ । आपसमा रङ र अबिर दलेर खुसी साट...
एमालेको मेची महाकाली अभियान : चितवनमा ‘एक घर एक घडा’ ले स्वागत

एमालेको मेची महाकाली अभियान : चितवनमा ‘एक घर एक घडा’ ले स्वागत

चितवन । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान शनिबार मकवानपुरबाट चितवन प्रवेश गरेको छ । बिहान हेटौंडाको हुप्रचौरबाट अघि बढेको अभियान टोलीलाई राजमार्गका मनहरी लगायतका बजारमा स्थानीय एमाले कार्यकर्ता र समर्थकले स्वागत गरेका छन् । टोली चितवन प्रवेश गर्दा लोथरमा सोही क्षेत्रबाट निर्वाचित सांसद तथा एमाले नेता सुरेन्द्र पाण्डे, जिल्ला अध्यक्ष कृष्णभक्ता पोखरेलसहितका नेता कार्यकर्ताले स्वागत गरेका...
तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ?

तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ?

काठमाडौं । देशभरका पुराना स्थानीय निकायहरु खारेज भएर ती पुराना संरचनाको ठाउँमा शुक्रबारदेखि ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् । सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । नवनियुक्त स्थानीय विकास मन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मुलुकभरका बिगत २५ वर्षदेखि अस्तित्वमा रहेका गाविसका संरचनाहरु भंग भएको...
आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढायो, अब कति पुग्यो ?

आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढायो, अब कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ । आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा लगातार घाटा बढिरहेकाले समा...
error: Content is protected !!