काठमाडौं । स्थानीय तह चुनाव लड्ने तयारीमा रहेकी धादिङकी एक उम्मेदवार मृत फेला परेकी छन् । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

Advertisement

३५ वर्षकी मिजारलाई नेकपा एमालेले वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो । उनी बुधबार बिहान करिब ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मिजारले आत्महत्या गरेको हो वा हत्या हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको धार्केका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए ।

मंगलबार मनोनयन दर्ताको दिन रसुवाको कालिका गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत सन्तोष गिरी झुन्डिएको अवस्थामा फेला परेका थिए । गिरीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!