काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदका लागि करिब ४४ हजारले मनोनयन पत्र दर्ता गरेको प्रारम्भिक तथ्य आएको जनाएको छ ।

Advertisement

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा यही वैशाख ३१ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुँदैछ । उक्त निर्वाचनका लागि मङ्गलबार भएको मनोनयनमा नगरपालिका÷गाउँपालिकाका प्रमुख÷अध्यक्षमा एक हजार ८४७, उपप्रमुख÷उपाध्यक्षमा एक हजार ३६७ र वडा अध्यक्षमा १० हजार २४ ले मनोनयन दर्ता गरेका छन् ।

आयोगमा विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार वडा सदस्यमा १५ हजार ९३७, महिला सदस्यमा सात हजार ९३६ र दलित महिला सदस्यमा छ हजार ५८९ ले मनोनयन दर्ता गरेका छन् ।

इन्टरनेट प्रविधिमा देखिएको गडवढीका कारण दुर्गमका केही जिल्लाबाट मनोनयन दर्तासम्बन्धी एकिन विवरण आउन अझै बाँकी भएको बुझिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!