- रासस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा नौकुण्ड गाउँपालिका–१ र २ को कार्यालयको संयुक्त जिम्मेवारी निर्वाह गर्दै आएका वडा सचिव राजेन्द्रकुमार आचार्य र सोही कार्यालयका कार्यालय सहयोगी श्लोक लामालाई घुस रकमसहित आज पक्राउ गरेको छ ।

Advertisement

स्थानीय बासिन्दालाई केरुङ नाका भई चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा लिनका लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीसँग सचिव आचार्यले रु एक लाख तिस हजार र कार्यालय सहयोगी लामाले तीन लाख बीस हजार घुस लिँदै गरेको अवस्थामा धुन्चेस्थित गोसाइकुण्ड गाँउपालिका–६ को कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएकोछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!