२० वर्ष भन्दा पुराना सार्वजनिक सवारी चलाउँन निषेध गरिदै
काठमाडौं । यातायात व्यवस्था विभागले बुधबारदेखि २० वर्ष आयु पार गरिसकेका सार्वजनिक सवारीलाई सडकमा चल्न निषेध गर्दैछ । यदि बुधबारबाट २० वर्ष पुराना सार्वजनिक सवारी सडकमा आए जफत गरिनेछ र सवारी धनिलाई जरिवाना पनि गराइनेछ ।
अब २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्नेछ ।
यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकरा...