ओखलढुंगामा केटी माग्न जाँदा टाटा सुमो दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुंगामा केटी माग्न जाँदा टाटा सुमो दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुंगा। बिहेका लागि केटी माग्न हिँडेको सवारी साधन (टाटा सुमो) दुर्घना हुदाँ ओखलढुंगामा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाईते भएका छन् । दुर्घटनामा सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुका ३६ बर्षीय लाक्पा देण्डी शेपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । शुक्रबार बेलुका रामेछापको धोबीबाट ओखलढुंगाको खिजिचण्डेश्वरी आउदै गरेको ना १ ज ५६७८ नम्बरको टाटा सुमोे खिजी...
भक्तपुरमा बस दुर्घटना,२० यात्रु घाइते

भक्तपुरमा बस दुर्घटना,२० यात्रु घाइते

भक्तपुर। काभ्रेको पनौतीबाट काठमाडौं आइरहेको बस भक्तपुरमा दुर्घटना भएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ अरनिको राजमार्ग जोरपाटी सडक खण्डमा बिहान करिब ८ बजे बा.२ ख ९५८० नम्बरको  बस दुर्घटना भएको हो । घटनामा बसमा रहेका २० जना यात्रु घाइते भएका छन् । स्थानीय बासिन्दा र नेपाल प्रहरीले घाइतेको उद्धार गरी भक्तपुरको मध्यपुर अस्पतालमा पठाईएको महानगरिय प्रहरी वृत जगातीका डिएसपी दीपक श्र...
भ्रष्टाचारीलाई उम्मेदवार बनाउन कांग्रेसको अड्डी, निर्वाचन कानुन अलपत्र

भ्रष्टाचारीलाई उम्मेदवार बनाउन कांग्रेसको अड्डी, निर्वाचन कानुन अलपत्र

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएकालाई निर्वाचनमा सहभागी गराउनुपर्ने सत्तारुढ कांग्रेसका सांसदहरूको अडानले संसदमा विचाराधीन निर्वाचनसम्बन्धी कानुन अलपत्र परेको छ । सजाय कटाएको तीन वर्षपछि निर्वाचनमा उठ्न पाउनुपर्ने कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुन शुक्रबारको राज्यव्यवस्था समितिबाट टुंगो लाग्न सकेन । भ्रष्टाचारमा दोषी ठहरिएकालाई समेत सजाय...
शिक्षा क्षेत्रको नयाँ संरचना

शिक्षा क्षेत्रको नयाँ संरचना

नेपालको संविधान २०७२ यतिखेर कार्यान्वयनको बाटोमा अघि बढिरहेको छ । संघीय सात प्रदेशको नेपाल राष्ट्र गणतन्त्र कार्यान्वयनको प्रथम खुड्किलो स्थानीय तहको निर्वाचनको पर्वमा पूरै देशवासी होमिएका छन् । सिंहदरवारको अधिकार अब गाउँ–गाउँमा नारा तय गरिएको छ । करिब दुईसय ५० वर्षे केन्द्रकृत शासन प्रणाली पूरै ध्वस्त भएकोछ । गणतन्त्र, संघीयता तथा स्थानीय तहको व्यवस्थापन गर्न सकियो भने, नेपाल पनि स्विजरल्याण्ड ...
डोल्पाको चामल २ वर्षदेखि काठमाडौंको गोदाममा थन्कियो, डोल्पाली भोकभोकै

डोल्पाको चामल २ वर्षदेखि काठमाडौंको गोदाममा थन्कियो, डोल्पाली भोकभोकै

काठमाडौं । जिल्लाको उत्तरी क्षेत्रका जनताले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । केरुङ नाकाबाट तिब्बतको बाटो हुँदै खाद्यान्न लगिने गरेकोमा कर बढाइएको भन्दै ठेकेदारले खाद्यान्न ढुवानी गरेका छैनन् । उपल्लो डोल्पाका लागि आर्थिक वर्ष ०७२–७३ देखि छुट्याइएको ३८ सय क्विन्टल चामल र तीन हजार क्विन्टल नुन काठमाडौंकै गोदाममा थन्किएको ठेकेदार विजय रोकाले बताए । पछिल्लो समय केरुङ नाकामा भन्सा...
अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । एकताको २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट तामाङ विजयी भएका हुन् । मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । संगठनकै इतिहासमा पहिलोपटक भएको निर्वाचनबाट झापा निवासी तामाङले अर्का प्रत्यासी रुकुम निवासी अनिल शर्मालाई हराए । उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा...
धनकुटा अदालतमा ६४ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा अदालतमा ६४ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा, १६ भदौ । धनकुटा जिल्ला अदालतले गत आर्थिक बर्षमा ६४.१ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । जिल्ला अदालतले शुक्रवार पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७३/०७४ को प्रतिवेदन सार्वजनिक गरेको हो । गत आर्थिक बर्षमा ९४ जिम्मेवारी सरेकोसहित ३ सय ९६ मुद्दा दर्ता भएका थिए । जसमध्ये २ सय ५४ मुद्दा फछर्यौट भएको जिल्ला न्यायाधीश किशोर घिमिरेले जानकारी दिए । उनका अनुसार १ सय ४२ मुद्दा फछर्यौट हुँन वाँकी छन । ...
कक्षा १२ को नतिजा सार्वजनिक ४८.१७ प्रतिशत उत्तीर्ण,रिजल्ट हेर्न यसो गर्नुहोस

कक्षा १२ को नतिजा सार्वजनिक ४८.१७ प्रतिशत उत्तीर्ण,रिजल्ट हेर्न यसो गर्नुहोस

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । उनका अनुसार नियमिततर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी आंशिकतर्फ एक लाख २३ हजार १२१ विद्यार्थीले परीक्षा दिएकामा ४८ हजार ७३६ जना उत्तीर्ण ...
कैलालीमा स्क्रब टाइफसका बिरामी बढे

कैलालीमा स्क्रब टाइफसका बिरामी बढे

कैलाली । थार किर्ना, मुसा तथा उडुस जस्ता माइटहरु जातिबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगको विरामी कैलालीमा बढ्दै गएका छन् । गर्मी बढेसँगै स्क्रब टाइफसको समस्या बढी देखा परेको सेती अञ्चल अस्पताल धनगढीले जानकारी दिएको छ । सो अस्पतालमा चालू आर्थिक वर्षको हालसम्म उपचारको क्रममा स्क्रब टाइफसबाट पीडित एक जना विरामीको मृत्यु भएको छ भने ३४ जना विरामी उपचारका लागि अस्पताल पुगेका छन् । हाल पाँच ज...
सत्तारुढ दलले देशलाई विनाशतिर लगेः गिरी

सत्तारुढ दलले देशलाई विनाशतिर लगेः गिरी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले मुलुकलाई विनाशतिर लैजान खोजेको आरोप लगाएको छ । पार्टीका नेता दिलनाथ गिरीले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले मधेश केन्द्रित दलहरुसँग मिलेर मुलुकलाई विनाशतिर लैजान खोजेको आरोप लगाएका हुन् । उनले राष्ट्रवादी शक्तिहरुलाई एक्ल्याउँदै लैजाने नीति अनुसार प्रदेश नम्बर २ को निर्वाचनमा पनि काँग्रेस, माओवादी केन्द्र र मधे...
कक्षा १२ को परीक्षाफल सार्वजनिक हुँदै

कक्षा १२ को परीक्षाफल सार्वजनिक हुँदै

काठमाडौं, १५ भदौ। कक्षा १२ को परीक्षाफल विहीवार प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले केही बेरमा नतिजा प्रकाशनको तयारी गरेको छ । नतिजा प्रकाशित हुन बाँकी रहेका ब्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल प्रकाशनको लागि सबै तयारी पुरा भएको परिक्षा नियन्त्रण कार्यलय भक्तपुरका उपनिर्देशक उत्तमदेव विष्टले जनाकारी दिए । उनले भने,‘परीक्षा प्रकाशनको सम्पूर्ण तयारी पुरा भइसकेको छ अब ...
काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो

काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो

काठमाडौ। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै ९१३६० तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर भएकाले शुक्रबारमात्रै सबै नाम सार्वजनिक गरिने भएको छ । निर्वाचनको तयारीका लाग...
चीनले बनायो मानवीय गुण भएको सेक्स डल

चीनले बनायो मानवीय गुण भएको सेक्स डल

बेइजिङ। चिनियाँ कम्पनीले मानवीय स्वभाव भएका सेक्स डल निर्माण गरेका छन् । जसले रिसाउँदा पनि गीत गाउने तथा हँसाउने गर्छन्। चिनियाँ दुई कम्पनीहरू डल स्विट डल र एक्स डल नामक कम्पनीहरूले यस्ता प्रकारका सेक्स डलहरूको निर्माण गरेका छन्। निर्माण पक्षले स्मार्ट फोनको सहायताले त्यस्ता डलहरूले रिसाएको समयमा समेत हँसाउदै गीत गाउँदै सन्तुष्टि दिन सक्ने दाबी गरेको छ। हाल यस्ता डलहरू चिनियाँ भाषामा मात्रै उ...
तेह्रथुममा रात्रीबस पल्टियो, लसुने-म्याङलुङ्ग सडक अवरुद्ध

तेह्रथुममा रात्रीबस पल्टियो, लसुने-म्याङलुङ्ग सडक अवरुद्ध

तेह्रथुम, १५ भदौ । तेह्रथुमको लालिगुँरास नगरपालिका–९ काँडेमा आज दिउँसो बस दुर्घटना भएको छ । तेह्रथुम सदरमुकाम म्याङलुङबाट काठमाण्डौ जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी रात्रीबस लसुने नजिक काँडे भन्ने स्थानमा पल्टिएको प्रहरीले जनाएको छ ।   दुर्घटनामा परी म्याङलुङ्ग नगरपालिका–३ की फुलमाया तामाङ घाईते भएकी छन । बस पल्टिएर सडक ढाकेपछि कोशी राजमार्ग स्थित तेह्रथुमको लसुने–म्याङलुङ्ग सडक खण्ड अवर...
सुनसरीबाट ११ फरार अभियुक्त पक्राउ

सुनसरीबाट ११ फरार अभियुक्त पक्राउ

इनरुवा। जिल्ला प्रहरी कार्यालयले बुधबार एघार फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको प्रहरीे टोलीले जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय पाई फरार रहेका कुटपिट र लुटपाट मुद्दाका तीनजना, जालसाजीका दुईजना, लेनदेनका दुईजना, गाली बेइज्जतीका एकजना, ज्यान मार्ने उद्योगका एकजना, बहुविवाहका एकजना र चोरी मुद्दाका एकजना गरी जम्मा ११ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक विद्या...
यी हुन् सातवटै प्रदेशका सम्भावित प्रादेशिक राजधानी

यी हुन् सातवटै प्रदेशका सम्भावित प्रादेशिक राजधानी

काठमाडौं । सरकारले निर्वाचन आयोगको आग्रहअनुसार प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक, तर २ चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २१ मंसिरमा दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेको हो । पहिलो चरणको निर्वाचन भने यसअघि नै १० मंसिरमा गर्ने निर्णय सरकारले गरिसकेको छ । चिसोसँगै हिउँ पर्ने भएकाले पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा तथा दोस्रो चरणमा बाँकी क्षेत्रमा...
खाली पेटमा यी खानेकुरा खादा पुर्याउँछ हानी

खाली पेटमा यी खानेकुरा खादा पुर्याउँछ हानी

सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । पुणेका डाइटिशियन डा. नेहा शिरकेले खाली पेटमा केही खानेकुरा खानेुकरा खान वर्जित गरेकी छिन् । १. केराः केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ । २. चियाः चियामा ए...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा दुई सय रुपैयाँ घटेको सुनको भाउ आज फेरी ३ सय रुपैयाँ सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, तेजावी सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदी पनि तोलाको ७ सय ६५ रुपैयाँमा कारोवार भइरहेको...
मंगलबारको क्षेप्यास्त्र परिक्षण युद्धको ‘पहिलो कदम’, हामी अमेरिकासँग प्रतिस्पर्धाका लागि तयारः उत्तर कोरिया

मंगलबारको क्षेप्यास्त्र परिक्षण युद्धको ‘पहिलो कदम’, हामी अमेरिकासँग प्रतिस्पर्धाका लागि तयारः उत्तर कोरिया

एजेन्सी। उत्तर कोरियाले पहिलो पटक आफूले गत मंगलबार जापनामाथि क्षेप्यास्त्र परिक्षण गरेको स्विकार गरेको छ । प्यासिफिक ओसनमा अन्य थप परमाणु परिक्षण हुने जानकारी दिँदै किम जोंग उनको हवाला दिँदै कोरियाली न्यूज एजेन्सी (केसीएनए) का अनुसार मंगलबारको क्षेप्यास्त्र परिक्षणलाई उत्तर कोरियाको तर्फबाट युद्धको तयारीको रुपमा हेर्न सकिनेछ । किम जोंगलाई उद्धृत गर्दै केसीएनएले भन्यो, ‘हाम्रो इन्टरमिडिएट–रे...
नारायणगढ—मुग्लिन सडक पहिरोले अवरुद्ध

नारायणगढ—मुग्लिन सडक पहिरोले अवरुद्ध

चितवन । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ । चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत्र साना पहिरो रहेको उहाँले बताउनुभयो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घण्टामा आवाग...
अनुष्का शर्माको फिल्म सेटमा दुर्घटना, एकको मृत्यु

अनुष्का शर्माको फिल्म सेटमा दुर्घटना, एकको मृत्यु

एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्माको आउँदो चलचित्र ‘परी’ को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । उक्त दुर्घटना कोलकातामा भएको हो जहाँ अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा उक्त फिल्मको सुटिङ गरिरहेका थिए । २८ वर्षीय शाह आलम नामका प्राविधिकको करेन्ट लागेका कारण मृत्यु भएको हो । दुर्घटनापश्चात् सुटिङ रद्द गरिएको छ । मृतक शाह आलम उत्तर प्रदेशका हुन् । सुटिङ स्...
बाढीले परवलखेती नष्ट भएपछि  सुनसरीका कृषक निरास

बाढीले परवलखेती नष्ट भएपछि सुनसरीका कृषक निरास

इनरुवा।सुनसरी कोशी गाउँपालिका–६ श्रीपुजब्दीका देवनारायण यादवले एक बिगाहा पाँच कट्ठामा परवलखेती गर्नुभयो । तर उहाँले लगाएको खेतीमा साउन २७ गते आएको बाढीको पानी चार फिटसम्म जमेका कारण फस्टाउन नपाई परबल सुकेको छ । परबल सुकेका कारण अब कसरी घर परिवार चलाउने भन्ने चिन्ताले उहाँलाई सताएको छ । उनको जस्तै समस्या भएको छ सोही ठाउँका दिलीप यादवको पनि । उहाँले करिब १० कट्ठा जग्गामा परवल खेती गरेका थिए । बा...
स्वास्थ्यमन्त्री पोखरेललाई स्वाइनफ्लु

स्वास्थ्यमन्त्री पोखरेललाई स्वाइनफ्लु

काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वइनफ्लु भएको छ । उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एज१एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् । गिरीका अनुसार दुई दिनअघि स्वाइनफ्लुको आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनलाई फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वका टोलीले...
अकुत सम्पत्ति छानबिनः २ सय जना अख्तियारको उच्च निगरानीमा

अकुत सम्पत्ति छानबिनः २ सय जना अख्तियारको उच्च निगरानीमा

काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन असफल रहेको भन्दै आलोचना भइरहेका बेला अख्तियारले राष्ट्रसेवकलाई निगरानीम...
महालक्ष्मी नगरको विकासमा ३५ करोड बजेट

महालक्ष्मी नगरको विकासमा ३५ करोड बजेट

धनकुटा, १४ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिकाले चालु आर्थिक बर्षका लागि करिव ३५ करोड बजेट बिनियोजन गरेको छ । बुधबार आयोजित नगर सभाको प्रथम अधिवेशनमा चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ३४ करोड ७१ लाख ९९ हजार बरावरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । अधिवेशनमा महालक्ष्मी नगरका उप–प्रमुख मञ्जु अधिकारीले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । बजेटमा चालु खर्च तर्फ २० करोड ५२ लाख ८१ ...
छोराको कुटाइबाट आमाको मृत्यु

छोराको कुटाइबाट आमाको मृत्यु

चितवन ।  भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ बर्षिया सविता दरैलाई आफ्नै छोरा २० बर्षियआशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रह...
ट्राफिक कार्यालय कास्कीवाट सत्ताइस लाख राजश्व संकलन

ट्राफिक कार्यालय कास्कीवाट सत्ताइस लाख राजश्व संकलन

पोखरा।  जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आर्थिक वर्ष २०७४÷७५ को साउन महिनामा सवारी नियम उल्लङ्घन र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरी रु २७ लाख ७४ हजार राजश्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक शिवबहादुर थापाका अनुसार सो अवधिमा मोटरसाइकल, कार–जिप–बस र अन्य गरी तीन हजार ७५० सवारीसाधनका चालक कारबाहीमा परेका थिए । सो अवधिमा सवारीसाधन दुर्घटन...
मृतक परिवारलाई १६ लाख नगद हस्तान्तरण

मृतक परिवारलाई १६ लाख नगद हस्तान्तरण

इटहरी।अबिरल वर्षाका कारण स्थानीय बूढीगंगा नदीमा साउनको अन्तिम साता आएको बाढीले बगाएर मृत फेला परेकामा आठ जनाका परिवारलाई जनही दुई लाखका दरले १६ लाख प्रदान गरिएको छ । बाढीमा परेर मृत फेला परेका १२ जनामध्ये दुई जनाको सनाखत हुन नसकेकोे र अन्य दुई जनाका आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरुले प्राप्त गर्ने राहत रकम उपलब्ध हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । यस...
प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा

काठमाडौँ। सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ । यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी मंसिर...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं। मंगलबार एकै दिन तोलामा एक हजार रुपैयाँ महंगिएको सुनको भाउ आज भने तोलामा २ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भइरहेको छ । महासंघका अनुसार मंगलबार सुनको भाउ नेपाली बजा...
१७ वर्षपछि इंग्ल्याण्डको भूमिमा वेस्ट इन्डिजको जीत

१७ वर्षपछि इंग्ल्याण्डको भूमिमा वेस्ट इन्डिजको जीत

हेडिङ्ली । निकै रोमाञ्चक बनेको खेलमा वेस्ट इन्डिजले ३ सय २२ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डको भूमिमा १७ वर्षपछि टेस्ट म्याच जित्न सफल भएको छ । दोस्रो टेस्टमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो । शाइ होपले नट आउट रहँदै ११८ रन तथा ओपनर केभिन ब्राथवेटले ९५ रन बनाएपछि वेस्ट इन्डिजले अन्तिम दिन जीत निकाल्न सफल भयो । होपले २११ बलमा १४ चौकासहित सो रन बनाए । उनले नै विजयी रन हिर्काएका थिए । उता, प...
error: Content is protected !!