रोटरी क्लबको अध्यक्षमा युवा उद्यमी श्रेष्ठ निर्वाचित

रोटरी क्लबको अध्यक्षमा युवा उद्यमी श्रेष्ठ निर्वाचित

विराटनगर । रोटरी क्लब विराटनगरको अध्यक्षमा कविन श्रेष्ठ चयन भएका छन् । धनकुटाको हिलेमा सम्पन्न क्लवको भेलाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा शिवप्रसाद अधिकारी, सह–सचिवमा प्रभु तोदी, कोषाध्यक्षमा नरेश राठी र सह–कोषाध्यक्षमा पूजा सिंह चयन भएका छन् । यस्तै सदस्यता विस्तारमा कोपिला अग्रवाल, क्लब प्रशासकमा सरिता अग्रवाल, सेवा परि...
सिरहामा निषेधाज्ञा जारी

सिरहामा निषेधाज्ञा जारी

सिरहा । सिरहामा आज बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले आमहड्ताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबार सम्मका लागि निषेधाज्ञा लगाएको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा अवधि तोकिएको छ । पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपास क्षेत्र, चोहर्वादेखि सिरहा सडकखण्डको पेट्रोल पम्पस...
मेडिकल कलेज पनि कोरोनाको खोप केन्द्र

मेडिकल कलेज पनि कोरोनाको खोप केन्द्र

काठमाडौं । सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ । मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका न...
जघन्य अपराध घट्यो, बैंकिङ कसुर र चोरी बढ्यो

जघन्य अपराध घट्यो, बैंकिङ कसुर र चोरी बढ्यो

काठमाडौं । पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ । बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले देखाएको हो । प्रहरी प्रधान कार्यालयले तयार गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिना अर्थात् गत साउनदेखि मंसिर महिनासम्मको पाँचमहिने अवधिमा बैंकिङ कसुरसम्बन्धी घटनामा १ सय ...
नोबेलमा बीएस्सी नर्सिङका विद्यार्थीले गरे पौष्टिक आहार र खेलौनाको प्रदर्शनी

नोबेलमा बीएस्सी नर्सिङका विद्यार्थीले गरे पौष्टिक आहार र खेलौनाको प्रदर्शनी

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले गर्भवती महिलाले खानुपर्ने पौष्टिक आहार र बच्चाले उमेर अनुसार प्रयोग गर्न उपयुक्त हुँने खेलौनाको प्रदर्शनी गरेका छन् । नोबेलको बिएसी नर्सिङ तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले कलेज परिषरमा पौष्टिक आहार र खेलौनाको प्रदर्शनी गरेका हुन् । बिएस्सी नर्सिङ तेस्रो बर्षको पाठ्यक्रम अनुसार विद्यार्थीहरुले प्रदर्शनी गरेको नोबेलकी न...
विराटनगरमा एटीएम मेसिन तोडफोड, एक जना पक्राउ

विराटनगरमा एटीएम मेसिन तोडफोड, एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ बर्षीय पारस कालिकोटे छन् । गएराती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहेको सूचना प्रहरीले पाएको थियो । सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी रसीआरभी पोष्ट भट्टाचोकबाट खटिएको टोलीले कालिकोटेलाई प...
पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या

पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या

पाँचथर । पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङ छन् । शुक्रबार दिउँसो करिव ४ बजे सामान्य घरायशी विषयमा विवाद हुँदा नेम्बाङले उनकी श्रीमती ४५ बर्षीया जिवन कुमारीलाई लोहोरोले टाउकोमा हानेका थिए । लोहोरो प्रहारबाट घाइते भएकी नेम्बाङको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतवा...
पहिलो ब्लकमा बाघ सर्वेक्षणको काम सकियो

पहिलो ब्लकमा बाघ सर्वेक्षणको काम सकियो

चितवन । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ । पहिलो ब्लकअन्तर्गत त्रिवेणी, चोरमारा, नवलपुर हुँदै कसरा, सौराहा र बरण्डाभार क्षेत्रमा गत मङ्सिर १९ गतेदेखि क्यामेरा राखेर सर्वेक्षण गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ती क्षेत्रमा राखिएका क्याम...
३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने

३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने

काठमाडौं । विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ । २०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण विद्यार्थीको सिकाइमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिकाले माथिल्लो तहमा अध्ययन गर्न ३५ प्रतिशतलाई...
केएमसीको स्वास्थ्य शिविरबाट नुवाकोटका १३ सय विरामीको निःशुल्क उपचार

केएमसीको स्वास्थ्य शिविरबाट नुवाकोटका १३ सय विरामीको निःशुल्क उपचार

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ मा आइतवार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय रोयल युथ क्लवको सहकार्यमा शिवालय माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरबाट १ हजार ३ सय ६५ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । ...
सुनसरीमा साइकलसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

सुनसरीमा साइकलसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा साइकलसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो दिउँसो करिब ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाइकल बर्जु–१ का ४५ बर्षीय चमरु ऋषिदेवले कुदाइरहेको साईकललाई ठोक्किएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक बर्जु–६ का २२ बर्षीय रंजित चौधरीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक चौधरी र साइकल चालक ऋषिदेव घाइते भएका थिए । विराटनगरस्थित नोबेल ...
धनकुटाको जितपुरमा ट्याक्टर दुर्घटना

धनकुटाको जितपुरमा ट्याक्टर दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जितपुरबाट लकडी लिन साफु जाँदै गरेको प्र १–०४००१ त ०३८८ नम्बरको ट्याक्टर बिहान करिब ९ बजे जितपुर बजार नजिक दुर्घटना भएको हो । दुर्घटनामा परी पाख्रीवास नगरपालिका–९ का २२ बर्षीय टेकबहादुर दर्लामी मगर, १५ बर्षीय रितेश आले मगर, ३६ बर्षीय टेकबहादुर दर्लामी मगर र १५ बर्षीय भक्त बहादुर दर्लामी मग...
कोशेपानको अध्यक्षमा खड्का निर्वाचित

कोशेपानको अध्यक्षमा खड्का निर्वाचित

धनकुटा । कोशी पहाडी बीउ व्यवसायी उत्पादन सहकारी संस्था लिमिटेड धनकुटाको अध्यक्षमा धनकेशर खड्का निर्वाचित भएका छन् । धनकुटामा शनिवार सम्पन्न सहकारीको ११ औं साधारण सभाले खड्काको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा प्रेमबहादुर पराजुली, सचिवमा लोकेन्द्र बहादुर श्रेष्ठ र कोषाध्यक्षमा आनन्द कुमार जोशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मदन कुमार दाहाल,...
८ किलो गाँजासहित एक जना पक्राउ

८ किलो गाँजासहित एक जना पक्राउ

झापा । झापाको दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माङसेवुङ गाउँपालिका–६ का ४६ बर्षीय बिरकुमार राई छन् । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोलाको बगरमा शंकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी गरेको थियो । सोही क्रममा उनले बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रामा ८ किलोग्राम १६० ग्राम गाँजा बरा...
कांग्रेसमा शेखर कोइरालाको वरियता २० औं नम्बरमा

कांग्रेसमा शेखर कोइरालाको वरियता २० औं नम्बरमा

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूको वरियता क्रम तोकिएको छ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले वरियता क्रम तोकेका हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा परेको छ । नयाँ वरियता अनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् । विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ । वरि...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समयावधि सकिएसँगै खारेज भएको छ । प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी कतिपय काम सम्पन्न गर्न भने सकेन । त्यस्ता अधुरा रहेका काम विभिन्न निकायलाई जिम्मा लगाइएको छ । प्राधिकरणले विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ विद्यालय भवनको पुनर्निर्माणको लक्ष्य राखेक...
धनकुटा बजारमा घरबाटै मोटरसाइकल चोरी

धनकुटा बजारमा घरबाटै मोटरसाइकल चोरी

धनकुटा । धनकुटा बजारमा गएराती घरबाटै मोटरसाइकल चोरी भएको छ । धनकुटा नगरपालिका–७ डाँडागाउँ बस्दै आएका सुजन राईको को ३० प २०१९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको हो । सहिदभूमि गाउँपालिका–३ घर भएका राई मदनचौक नजिक रहेको पुनम पुस्तक पसलमा काम गर्दै आएका छन् । राई कोठा भाडामा बस्दै आएको डाँडागाउँस्थित घरको आगनबाट मोटरसाइकल चोरी भएको हो । बेलुका आगनमा मोटरसाइकल राखेर सुतेको भएपनि बिहान उठ्द...
काठमाडौंमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शुक्रबार काठमाडौंको बबरमहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका ११ नं. वडा कार्यालय र थापाथली जनकल्याण परिवारसँग सहकार्य गरेर केएमसीले शिविर सञ्चालन गरेको हो । शिविरमा ९५५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार १८९ जनाको ल्याब टेष्ट, १७...
इटहरीमा पालिका गोल्डकप हुँने

इटहरीमा पालिका गोल्डकप हुँने

इटहरी । सुनसरीको इटहरीमा यहि माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप २०७८ हुने भएको छ । शुक्रबार इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमको बाहुलीबाट शिल्ड अनावरण गर्दै आयोजक एरिना टेलिभिजनले प्रतियोगिताबारे जानकारी दिएको हो । कोभिड–१९ का कारण थला परेको खेल क्षेत्र बिस्तारै तङ्ग्रिदै गरेको अवस्थामा खेलाडी र खेल क्षेत्रको बिकासमा थप सहयोग गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताए...
धनकुटाका पत्रकार अधिकारी र रुचाल प्रेस चौतारीको केन्द्रिय सदस्यमा मनोनित

धनकुटाका पत्रकार अधिकारी र रुचाल प्रेस चौतारीको केन्द्रिय सदस्यमा मनोनित

धनकुटा । धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारी र सन्तोष रुचाल प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रेस चौतारीले पत्रकार अधिकारी र रुचाललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । केन्द्रिय कमिटीले दुवै पत्रकारलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरेको चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । पत्रकार अधिकारी प्रेस चौतारीका पूर्व केन्द्रिय सदस्य हुन् भने रुचाल प...
इटहरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा आज ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सोही स्थानकी ६५ बर्षीया देवी खड्का छिन् । बिहान करिव ११ बजे धरानतर्फ जाँदै गरेको प्रदेश १–०२– ००१ ख ८६५२ नम्बरको ट्रकले पैदलयात्री खड्कालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गंभीर घाइते भएकी खड्कालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको...
बाह्र वर्षे मकर मेलाको तयारी तीव्र

बाह्र वर्षे मकर मेलाको तयारी तीव्र

काभ्रे । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्र वर्षे मकर मेला लाग्न ठीक तीन हप्ता बाँकी छ । आगामी माघ महिनाभर चल्ने मेला सभ्य र भव्य बनाउनका लागि नगरपालिकाले हाल विविध व्यवस्थापनको तयारीलाई तीव्र पारिरहेको छ । मेलाका लागि नगरले गत वर्ष देखिनै बजेट विनियोजन गर्दै तयारी थालेको हो । नगरले मेलाका लागि गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको थियो ...
नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक, दोहोरो नागरिकतामाथि निगरानी हुने

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक, दोहोरो नागरिकतामाथि निगरानी हुने

काठमाडौं । भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ। सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो। जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ। त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएक...
नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

काठमाडौं । काठमाडौं नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् । उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत दिइन् । रकम पाएपछ...
तीन तहकै निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

तीन तहकै निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल...
छिमेकीको कुटाईबाट एक जनाको मृत्यु

छिमेकीको कुटाईबाट एक जनाको मृत्यु

संखुवासभा । संखुवासभामा छिमेकीले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–११ का २७ बर्षीय जीवन दर्जीले कुटपिट गर्दा सोही स्थानका ३० बर्षीय चन्द्र बहादुर दर्जीको मृत्यु भएको हो । आइतबार मादक पदार्थ सेवन गरेका जीवन र चन्द्र बहादुरबिच झगडा भएको थियो । एक आपसमा झगडा हुँदा जीवनको कुटाईबाट चन्द्र बहादुर बिरामी परेका थिए । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा सोमबार चन्द्र बहादुर...
धनकुटाका माओवादी नेता ढुंगाना पार्टीको प्रदेश सह-सचिवमा निर्वाचित

धनकुटाका माओवादी नेता ढुंगाना पार्टीको प्रदेश सह-सचिवमा निर्वाचित

धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना (कुसुम) पार्टी प्रदेश कमिटीको सह–सचिवमा निर्वाचित भएका छन् । प्रदेश राजधानी विराटनगरमा आज बिहान सम्पन्न निर्वाचनबाट नेता ढुंगाना माओवादी केन्द्र प्रदेश १ को सह–सचिव पदमा निर्वाचित भएका हुन् । ३ सह–सचिव पदका लागि १३ जना उम्मेद्वारबीच प्रतिष्पर्धा भएको थियो । नेता ढुंगानासँगै राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर...
माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा भारी मतसहित नेम्वाङ निर्वाचित

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा भारी मतसहित नेम्वाङ निर्वाचित

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । बिहिबार बिहान सार्वजनिक मत परिणाम अनुसार १६९ मतसहित नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिद्धन्द्धी मुक्साहाङ मेन्याङ्बो (मुकेश) लाई १०५ मतान्तरले पराजित गरेका छन् । अध्यक्षका प्रत्याशी मेन्याङ्बोले ६४ मत ल्याएका हुन् । उपाध्यक्षमा १२० मतसहित देवान चाम्लिङ, ११३ मतसहित शिवकुमार डाँ...
देश दौडाहामा ओली

देश दौडाहामा ओली

काठमाडौं । दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्। पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्...
नेकपा माओवादी केन्द्र प्रदेश १ को निर्वाचन: २४० सदस्यले गरे मतदान, मतगणना जारी

नेकपा माओवादी केन्द्र प्रदेश १ को निर्वाचन: २४० सदस्यले गरे मतदान, मतगणना जारी

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि बुधबार साँझ भएको मतदान पश्चात मध्यरातबाट मतगणना सुरु भएको छ । विराटनगरको तिनपैनीस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा राती १२ बजेबाट मतगणना थालिएको हो । मतगणना सकेर निर्वाचित पदाधिकारीहरुलाई राती नै सपथ ग्रहण गराउँने तयारी गरिएको छ । मंसिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ सदस्यीय प्रदेश कार्यसमिति निर्माण गरेको छ । तर...
भक्तपुरमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

भक्तपुरमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका–५ कटुन्जेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र कटुञ्जेस्थित समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा २११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १५३ जनाको इसीजीसहित १ हजार १ सय ३७ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेर...
error: Content is protected !!