पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध

पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध

झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पु...
सहकारीको ब्याज तोक्नै सकस

सहकारीको ब्याज तोक्नै सकस

काठमाडौं । तरलता अभावको असर सहकारीको ब्याजदर निर्धारणमा परेको छ। सरकारलाई ब्याजदर तोक्नै सकस भएको हो। ब्याज समयसापेक्ष बनाउन सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा उपसमिति गठन भएको छ। उपसमितिले हरेक ३ महिनामा बैठक बसी ब्याजदरको समीक्षा गर्नेछ। समितिले अध्ययन गरेर घटबढ गर्न सक्ने निर्णय गरेको ब्याजदर निर्धारण समितिका सदस्य केबी उप्रेतीले बताए। केही महिनायता बैंक तथा वित्तीय सं...
मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार

मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गुणस्तरहीन मलाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न लगाई भुक्तानी गरेको आरोपमा प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जना कर्मचारीलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो । अख्तियारले कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सामग्री कम्पनीका प्रबन्ध...
काभ्रेको रातमाटेमा काठमाडौं मेडिकल कलेजले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काभ्रेको रातमाटेमा काठमाडौं मेडिकल कलेजले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–६ रातमाटेमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, रातमाटे युवा क्लब, जनहित एकता समाज र सामूदायिक बचत तथा ऋण सहकारी स्ंस्था लिमिटेहको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार तीन सय ६७ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । ...
ऐन विपरित शुल्क निर्धारण र छात्रावास ऐच्छिक गरिएको भन्दै नोबेल र केएमसीले जनायो आपत्ती

ऐन विपरित शुल्क निर्धारण र छात्रावास ऐच्छिक गरिएको भन्दै नोबेल र केएमसीले जनायो आपत्ती

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित चिकित्सा शिक्षा आयोगले पठनपाठन शुल्क निर्धारण गरेको र छात्रावास ऐच्छिक भनिएको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजले आपत्ती जनाएका छन् । पठनपाठनका लागि आयोगले निर्धारण गरेको शुल्क कार्यान्वयन नभएको र कक्षा सञ्चालन नभएको गुनासो तथा उजुरी आएको भन्दै आयोगले यो विषयमा नोबेल, केएमसी र पोखरास्थित मणिपाल मेडिकल कलेजला...
धनकुटाबाट नक्कली परीक्षार्थी पक्राउ

धनकुटाबाट नक्कली परीक्षार्थी पक्राउ

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसबाट तीन जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका–५ का २८ बर्षीय सौहार्द राई, उदयपुरको बेलका नगरपालिका–७ का २२ बर्षीय योगेन्द्र राई र ३२ बर्षीय निशान राई छन् । शनिवार क्याम्पसमा सञ्चालन भएको शसस्त्र प्रहरी बलको जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । योगेन्द्र राईको ...
चिकित्सा शिक्षा आयोगलाई केएमसीको जवाफ: बढी शुल्क लिएको छैन, पढाई भइरहेको छ

चिकित्सा शिक्षा आयोगलाई केएमसीको जवाफ: बढी शुल्क लिएको छैन, पढाई भइरहेको छ

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले विद्यार्थीहरुबाट बढी शुल्क नदिएको दावी गर्दै चिकित्सा शिक्षा आयोगलाई जवाफ पठाएको छ । बढी शुल्क लिएको गुनासो आएको भन्दै आयोगले सोधेको प्रश्नमा केएमसीले विद्यार्थीहरुबाट बढी शुल्क नलिएको र आयोगले तोकेको शुल्कमै पठनपाठन गराइरहेको भन्दै जवाफ पठाएको हो । पठनपाठनका लागि आयोगले निर्धारण गरेको शुल्क कार्यान्वयन नभएको र कक्षा सञ्चालन नभएको गुनास...
सशस्त्र प्रहरी जवानको लिखित परीक्षामा दुई जना नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरी जवानको लिखित परीक्षामा दुई जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का २७ बर्षीय सौहार्द राई र बाग्लुङको ढोरपाटन नगरपालिका–६ का १८ बर्षीय निलकुमार अदै छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फारम बुझाएका दर्ता नम्...
३४ वर्षदेखि एक जना शिक्षकका भरमा विद्यालय

३४ वर्षदेखि एक जना शिक्षकका भरमा विद्यालय

जलेश्वर । सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित छ । अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँमा रहेको हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा चलिरहेको छ । यो विद्यालय रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं...
गर्भवतीलाई पौष्टिक आहार उपहार

गर्भवतीलाई पौष्टिक आहार उपहार

काठमाडौं । बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आमा समूहले पौष्टिक आहार उपहार दिने गरेका हुन् । साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन् । हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको...
ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबु-छोराको अझै भएन उद्धार

ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबु-छोराको अझै भएन उद्धार

ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी फर्किएको छ । हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्टर गएको थियो । पहिलो पटक पुग्दा ठाउँ पत्ता नलागेको र दोस्रो पटक स्थानीयवासीलाई लिएर जाँदा मौसममा खराबी आएकाले उद्धार गर्न...
धनकुटामा १० बर्षीया वालिकालाई बलात्कार गरेर भागेका युवा भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ

धनकुटामा १० बर्षीया वालिकालाई बलात्कार गरेर भागेका युवा भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ

धनकुटा । १० बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका–९ छिम्सुवाका एक युवा पक्राउ परेका छन् । घटनापछि पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि फरार भएका २० बर्षीय सरोज भनिने गोपी बस्नेत मोरङ्गस्थित नेपाल–भारत सिमावर्ती क्षेत्रबाट शुक्रबार पक्राउ परेका हुन् । घटना गत असोज ९ गतेको हो । घटना भएको तीन महिनापछि बस्तेत पक्राउ परेका हुन् । वालिका गोठालो गएका बेला बस्नेतले उनीमाथि बलात्कार गरे...
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ शुरु

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ शुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०...
धनकुटाको नुनथलामा हिउँमा चिप्लिएर तीन वटा गाडी दुर्घटना

धनकुटाको नुनथलामा हिउँमा चिप्लिएर तीन वटा गाडी दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–८ नुनथलामा हिउँमा चिप्लिएर तीन वटा गाडी दुर्घटना भएका छन् । सडकमा परेको अत्याधिक हिउँका कारण चिप्लिएर गएराती दुई वटा पिकअप र एउटा टिपर दुर्घटना भएको हो । हिउँमा चिप्लिएर तीन वटा गाडी दुर्घटना भएपनि मानवीय क्षति भने नभएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार तेह्रथुमको बसन्तपुरबाट धनकुटाको सिधुवा आउँदै गरेको न...
काठमाडौंको विशालनगरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको विशालनगरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–४ विशालनगरमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, विशाल मिलन केन्द्र र पावसा बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा ८ सय ७५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचारका क्रममा १५३...
भेडेटारमा पत्रकार घिमिरे र चाम्लिङ्ग पुरस्कृत

भेडेटारमा पत्रकार घिमिरे र चाम्लिङ्ग पुरस्कृत

धनकुटा । धनकुटाको भेडेटारमा आयोजित ९ औं भेडेटार फुड फेस्टिवल उद्घाटनका अवसरमा शुक्रबार दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ । फेस्टिवल आयोजक होटल एशोसिएसन भेडेटारले धनकुटाका पत्रकार खगेन्द्रप्रसाद घिमिरे र सुनसरीकी पत्रकार मनिता चाम्लिङ्गलाई पुरस्कृत गरेको हो । संगालोखबर अनलाइनका सल्लाहकारसमेत रहेका घिमिरे द हिमालयन टाइम्समा कार्यरत छन् । उनी पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष पनि हुन् । सुन...
भेडेटारमा सुरु भयो फुड फेस्टिवल (फोटो फिचरसहित)

भेडेटारमा सुरु भयो फुड फेस्टिवल (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको भेडेटारमा शुक्रबारदेखि ९ औं भेडेटार फुड फेस्टिवल सुरु भएको छ । शनिवारदेखि सुरु हुँने अंग्रेजी नयाँ बर्ष २०२२ को अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिवल अर्थात खाना महोत्सव आयोजना गरेको हो । साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार बजारमा आयोजित समारोहमा प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले पानसमा दिप प्रज्वलन गरेर फेस्टिवल उद्घाटन गरेका छन...
माओवादीको महाधिवेशन लम्बियो, नेतृत्व चयन प्रक्रिया आज सुरू हुने

माओवादीको महाधिवेशन लम्बियो, नेतृत्व चयन प्रक्रिया आज सुरू हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई दिनको समय लागेको तथा नेतृत्व चयन प्रक्रिया अझै बाँकी रहेकाले महाविधेशनको कार्यसूची लम्बिन पुगेको हो। शुक्रबार निर्वाचनको कार्यक्रम सम्पन्न नभए शनिबारसम्म सम्मेलन जारी रहन...
जाडोमा आगो ताप्दा सावधानी अपनाउन अपिल

जाडोमा आगो ताप्दा सावधानी अपनाउन अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो । मन्त्...
माओवादी महाधिवेशनः निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

माओवादी महाधिवेशनः निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला जारी बन्दसत्रमा यस्तो आवाज उठेको हो । माओवादी केन्द्रमा अध्यक्ष र उपाध्यक्ष चयनमा खासै विवाद नभए पनि महासचिवलाई लिएर चर्काे विवाद छ । अध्य...
सामान्य असावधानीले ज्यान गुम्न सक्छ

सामान्य असावधानीले ज्यान गुम्न सक्छ

काठमाडौं । चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको कर्मचारी आवास गृहमा बिहीबार बिहान यस्तै असावधानीका कारण एकै परिवारका चार जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो । तीन जना सख्त घाइते छन् । कर्णाली प्रदेश मेडिकल स्टोर कार्यालयका कर्मचारी काल...
भक्तपुरमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

भक्तपुरमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिहिबार भक्तपुर नगरपालिका–१० कमलविनायकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सूर्यकिरण बचत तथा ऋण सहकारी संस्था र भक्तपुर नगरपालिका–१० कमलविनायकसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो । स्थानीय सरस्वती विद्या गृह माध्यमिक विद्यालयमा आयोजित शिविरमा ९६३ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २११ जनाको रक्त प...
केएमसीले थाल्यो सरकारी अस्पताल भन्दा सस्तो मूल्यमै उपचार

केएमसीले थाल्यो सरकारी अस्पताल भन्दा सस्तो मूल्यमै उपचार

काठमाडौं । सरकारी क्षेत्रबाट सञ्चालित काठमाडौंको वीर अस्पतालमा बिरामीले एक दिन आइसीयूमा बस्दा बेड चार्ज दुई हजार तिर्नुपर्छ । अर्को सरकारी अस्पताल सिभिलमा पनि आईसीयू चार्ज दुई हजार नै छ । तर, निजी क्षेत्रबाट सञ्चालित काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ९ सय रुपैयाँमै बिरामीलाई आइसीयूमा राखेर उपचार गर्न थालेको छ । केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले केएमसीको उपचारमा नय...
पाथीभरा आउने तीर्थयात्री हिमपातले प्रभावित

पाथीभरा आउने तीर्थयात्री हिमपातले प्रभावित

ताप्लेजुङ । गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् । समुद्र सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतल...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो बुधबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज प्रतितोला ९२ हजार १०० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य घटेर आज प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पन...
गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, प...
मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारको अवसरमा शुभकामना सन्देश दिएका छन् । मुख्यमन्त्री राईले प्रदेश नं. १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ (तमु) दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा तमु ल्होसारका अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना दिएका हुन् । तमु ल्होसार पर्व गुरुङ जातिले नया“ वर्ष सुरुआतको रुपमा ...
काठमाडौंको कोटेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको कोटेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ग्रामर स्कूलसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा ८९२ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९२ जनाको भिडियो एक्सरे, १८७ जनाको रक्त परीक्षण र १६८ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर ना...
भेडेटारमा फुड फेस्टिवलको तयारी

भेडेटारमा फुड फेस्टिवलको तयारी

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा आगामी शुक्रबारदेखि नवौैं भेडेटार फुड फेस्टिवल हुँने भएको छ । अंग्रेजी नयाँ बर्ष २०२२ सुरुवातको अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिवल अर्थात खाना महोत्सव आयोजना गरेको हो । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । फेस्टिवलमा पूर्वक्षेत्रमा रहेका विभिन्...
इटहरीमा होमवर्क नगरेको भन्दै छात्रामाथि निर्घात कुटपिट

इटहरीमा होमवर्क नगरेको भन्दै छात्रामाथि निर्घात कुटपिट

इटहरी । इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क गर्न नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ । इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नगरेको भन्दै कम्प्युटर शिक्षक सुजन दाहालले कुटपिट गरेका हुन् । घाइते बालिकाका अनुसार शिक्षक दाहालले होमवर्क गर्न नसकेको भन्दै देब्रे हातको पाखुरामा निर्घात कुटप...
पनौतीमा केएमसीको स्वास्थ्य शिविर, ११ सय विरामीको निःशुल्क उपचार

पनौतीमा केएमसीको स्वास्थ्य शिविर, ११ सय विरामीको निःशुल्क उपचार

काभ्रे । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पनौती नगरपालिका १२ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो । स्थानीय वाल प्रकाश माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार १ सय ७२ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २१६ जनाको रक्त...
error: Content is protected !!