दोलखाको चरिकोटमा केएमसीको दुई दिने स्वास्थ्य शिविर, १८ सय बिरामीको निःशुल्क उपचार
दोलखा । दोलखाको चरिकोटमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १८ सय भन्दा बढी बिरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकको सहकार्यमा दुई दिने शिविर संचालन गरिएको हो ।
चरिकोट स्वास्थ्य चौकी र वडा कार्यालयमा विहिबार र शुक्रबार संचालन भएको शिविरमा एक हजार ८ सय ७६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गर...






























