संगालोखबर सम्वाददाता

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–६ रातमाटेमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, रातमाटे युवा क्लब, जनहित एकता समाज र सामूदायिक बचत तथा ऋण सहकारी स्ंस्था लिमिटेहको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा १ हजार तीन सय ६७ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचारका क्रममा १९२ जनाको इसीजी, २१३ जनाको रक्त परीक्षण र १९८ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ३१ जनाको दाँत खोलिएको छ ।

केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा उपचार सम्भव नभएका ६३ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!