संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो

Advertisement

बुधबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज प्रतितोला ९२ हजार १०० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य घटेर आज प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेको आज १२ सय ४५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!