विराटनगर महानगरमा बागी उम्मेदवारी दिएका उमेश र नमिताले पाए ‘लालटिन’ चुनाव चिन्ह

विराटनगर महानगरमा बागी उम्मेदवारी दिएका उमेश र नमिताले पाए ‘लालटिन’ चुनाव चिन्ह

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका उमेश यादव र उपमेयर पदमा नमिता न्यौपानेले ‘लालटिन’ चुनाव चिन्ह पाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले चुनाव चिन्ह लिएका हुन् । जनता समाजवादी पार्टी (जसपा) यादव र नेकपा माओवादी केन्द्रका न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस्तै, विराटनगरमा स्वतन्त्र उम्मेदवारी दिएका सक्रिय गौतमले ‘घण्ट...
नोबेलका विद्यार्थीको खेलकुद उत्सव सम्पन्न

नोबेलका विद्यार्थीको खेलकुद उत्सव सम्पन्न

विराटनगर । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीहरुले हरेक बर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसबर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो । फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, टेबलटेनिस, टगअफवार, चेस, लुडो क्यारेम, म्याराथन, पब्जी, फिफा र मिनिमिलेसिया लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजक सम...
कपनमा केएमसीको स्वास्थ्य शिविर, नौ सय बिरामीको निःशुल्क उपचार

कपनमा केएमसीको स्वास्थ्य शिविर, नौ सय बिरामीको निःशुल्क उपचार

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ स्थित कपनमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र काठमाडौंको सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । स्थानीय शारदा एकेडेमीमा सञ्चालन भएको शिविरमा ९६२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १९३ जनाको रक्त परीक्षण, १६२ जनाको भिडियो एक्सरे र १५४ जनाको ईसीजी गर...
धनकुटामा भेटियो नक्कली नोट

धनकुटामा भेटियो नक्कली नोट

धनकुटा । धनकुटामा शुक्रबार नक्कली नोट फेला परेको छ । धनकुटा नगरपालिका–७ परिचयमोडस्थित ग्लो एण्ड गो कस्मेटिक पसलमा १ हजार रुपैयाँको नक्कली नोट फेला परेको हो । पसलबाट सहकारीमा जम्मा गर्न लैजानलाई पैसा गन्ने क्रममा संकास्पद नोट भेटिएपछि पसल सञ्चालक युवक तिम्सिनाले प्रहरीलाई खबर गरेका थिए । छ ६५/८००९८७ नम्बरको नेपाली रुपैयाँ एक हजारको एक थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्...
प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार भए उम्मेदवारी खारेज

प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार भए उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज गराउन निर्देशन दिएको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) दुवै पदमा उम्मेवारी दिने दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमा एक पदमा पुरुष र अर्को पदमा महिला उम्मेदवारी...
तेह्रथुमबाट ब्राउन सुगरसहित एक जना पक्राउ

तेह्रथुमबाट ब्राउन सुगरसहित एक जना पक्राउ

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–४ बसन्तपुरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टुटेदेउरालीका ३० बर्षीय राम गुरुङ छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले ना.४ ख ९२१० नम्वरको यात्रुबहाक बसमा चेकजाँच गर्ने क्रममा बसको बनोटमा लुकाइ राखेको अवस्थामा १ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर बरामद ग...
तमोरमा माछा मार्ने क्रममा डुबेर माझीको मृत्यु

तमोरमा माछा मार्ने क्रममा डुबेर माझीको मृत्यु

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–५ स्थित तमोर नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार साँझ करिब ५ बजे माछा मार्ने क्रममा डुब्दा चौबिसे गाउँपालिका–५ सदामटारका ४५ बर्षीय प्रकाश माझीको मृत्यु भएको हो । डुबेको स्थान भन्दा केही तल नदीमा माझीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालले संगालोखबरलाई जानकारी दिए । नदीबाट मृतकको शवलाई निक...
त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कुर्यै विद्यार्थी

त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कुर्यै विद्यार्थी

  काठमाडौं । देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल प्रकाशन गर्नुपर्नेमा त्रिविले एक वर्ष बित्दासमेत परीक्षाफल प्रकाशन गरेको छैन । त्रिविले समयमा नै परीक्षाफल...
औद्योगिक क्षेत्रमा लोडसेडिङ

औद्योगिक क्षेत्रमा लोडसेडिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रलाई पर्याप्त बिजुली दिन नसक्ने बताएको छ। सुक्खायामका कारण आन्तरिक उत्पादन घटेको र भारतबाट बिजुली आयात गर्न नपाएका कारण विद्युत् कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ। ‘औद्योगिक क्षेत्रको बिजुली कटौती गरिरहेका छौं,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘तर, यो समस्या लामो समय रहँदैन।’ औद्योगिक क्षेत्रमा करिब १ महिनादेखि अघोषित लोडसेडिङ...
धनकुटा बजारमा छड्के अनुगमन, म्याद नाघेका सामग्री जफत

धनकुटा बजारमा छड्के अनुगमन, म्याद नाघेका सामग्री जफत

धनकुटा । प्रशासनले धनकुटा बजार क्षेत्रमा रहेका होटल र पसलहरुमा बुधबार छड्के अनुगमन गरेको छ । बसपार्क, त्रिवेणी चौक, हुलाकटोल, बीचबजार र भीमनारायण चौक क्षेत्रका होटल र पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा कतिपय पसलमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएपछि प्रशासनले त्यस्ता सामाग्री जफत गरेको छ । बजार क्षेत्रका कतिपय पसलमा भुजिया, सुजी, जुस लगायत खाद्य एवं पेय पदार्थ उपभोग्य मिति नाघेको पा...
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा केएमसीको १० दिने निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा केएमसीको १० दिने निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीस्थित क्रिकेट मैदानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्थानीय पब्लिक युथ क्लव र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा १० दिने शिविर आयोजना गरिएको हो । क्रिकेट मैदानमा मंगलवारदेखि प्रदेशस्तरीय क्रिकेट खेल सुरु भएको छ । खेलका क्रममा खेलाडीलाई चोटपटक लाग्ने सम्भावना रहेकाले खेलाडीको उपचारका लागि केएमसीका ९ ज...
हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय, कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय, कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ । अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्ने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । परीक्षणका रूपमा अहिलेला...
मोरङबाट दुई जना नक्कली डाक्टर पक्राउ

मोरङबाट दुई जना नक्कली डाक्टर पक्राउ

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङ रानिगञ्ज पानसालीका २७ बर्षीय पर्सनजित बर्मन र देवीगञ्ज ग्राम पञ्चायतका २९ बर्षीय सनोड मण्डल छन् । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नका लागि ईजाजत पत्र प्राप्त नगरेका उनीहरुले क्लिनिक सञ्चालन गरी च...
आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ७० बर्षीय जयराम सार्की छन् । मंगलवार दिउँसो बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा उनको शरीरमा आगो सल्किएको थियो । उनी आगोले जलेर घाइते भएका थिए । घटनाको जानकारी पाएपछि बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरीले सार्कीलाई उपचारका लागि धरा...
मेयर राईद्वारा पार्टी छोडेको घोषणा

मेयर राईद्वारा पार्टी छोडेको घोषणा

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका नगर प्रमुख वृषबहादुर राईले पार्टी छोडेको घोषणा गरेका छन् । गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका राईले आज साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेका हुन् । ‘मैले आजदेखिनै पार्टीमा नरहने घोषणा गरे, दुःख त लागेकै छ तथापी !’ उनले फेसवुकमा लेखेका छन् । पार्टी छोड्नुको कारण भने मेयर राईले प्रष्ट खुलाएका छ...
काठमाडौंको गैरीगाउँ सुकुम्बासी बस्तीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको गैरीगाउँ सुकुम्बासी बस्तीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँ सुकुम्बासी बस्तीमा मंगलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय लोयला सेकेन्डरी स्कूलको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो । लोयला स्कूलमा सञ्चालन गरिएको शिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये १८९ जनाको भिडियो एक्सरे, १७८ जनाको रक्...
तातो हावा (लु) बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

तातो हावा (लु) बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका ...
विराटनगरको मेयरमा ११ जनाको मनोनयन दर्ता

विराटनगरको मेयरमा ११ जनाको मनोनयन दर्ता

विराटनगर । विराटनगर महानगरपालिकामा ११ जनाले मेयर पदमा मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राती साढे १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ११ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।
कर्णालीमा औलो: ३२ बिरामी, छ स्थान उच्च जोखिममा

कर्णालीमा औलो: ३२ बिरामी, छ स्थान उच्च जोखिममा

कर्णाली । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्। स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नम्बर ८ र १० तथा कालिकोटको खाँडाचक्र ...
सत्ता गठबन्धनमा ‘भाडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी

सत्ता गठबन्धनमा ‘भाडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी

धनकुटा । धनकुटामा वडा तहसम्मै सबै पदमा साझा उम्मेद्वार उठाउँने घोषणा गरेर बनेको चार दलिय सत्ता गठबन्धन अन्ततः भद्र तालमेलमा असफल बनेको छ । गठबन्धन आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले जिल्लाका बिभिन्न ठाउँमा दोहोरो उम्मेद्वारी दर्ता गराएका छन् । धेरै ठाउँमा गठबन्धन सम्बद्ध दलहरुबाट वडा सदस्यदेखि पालिका प्रमुखसम्म नै दोहोरो उम्मेद्वारी परेक...
भोजपुरमा घाँस झार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

भोजपुरमा घाँस झार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका–१२ मोरीयामा आज करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामप्रसाद राई गाउँपालिका–७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापा छन् । बिहान पौने ७ बजे सोही स्थानमा उनी काब्राको घाँस झार्न रुखमा चढेका थिए । सोही क्रममा रुखको हाँगा झरेर बिजुलीको नाङ्गो तारमा पर्दा करेन्ट लागेर उनको मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खट...
एमालेबाट विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्कीको उम्मेदवारी

एमालेबाट विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्कीको उम्मेदवारी

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको मेयरमा सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । विराटनगरको मेयरमा लालबाबु पण्डित, जीवन घिमिरे, पर्शुराम बस्नेत, गुरु बराल, बाबुराम कार्की, रामलाल साह लगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै था...
गठबन्धनबाट विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका यादवको उम्मेदवारी

गठबन्धनबाट विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका यादवको उम्मेदवारी

विराटनगर । विराटनगर महागरपालिकाको मेयरमा गठबन्धन दलबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । कोइराला कांग्रेस मोरङका उपसभापति हुन् । त्यस्तै यादव पार्टीका विराटनगर महानगर अध्यक्ष हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रले पार्टीको युवा फोरमबाट राजनीति सुरू गरेका थिए । मेयरका उम्मेदवार कोइरालाले विराटनगरवासील...
प्रदेश–१ र गण्डकी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

प्रदेश–१ र गण्डकी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

विराटनगर । सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही ...
कांग्रेसमा उम्मेदवार छान्न सकस, टिकट बाँड्न बन्यो संसदीय बोड

कांग्रेसमा उम्मेदवार छान्न सकस, टिकट बाँड्न बन्यो संसदीय बोड

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो । टिकट बाँड्न बन्यो संसदीय बोड बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड बनाएको...
लामिछानेको ‘मोहभङ्ग’ लोकार्पण

लामिछानेको ‘मोहभङ्ग’ लोकार्पण

धनकुटा । टिकाप्रसाद लामिछानेद्वारा लिखित मोहभङ्ग सङघर्षमय जीवनयात्रा पुस्तक लोकार्पण गरिएको छ । धनकुटा–५, स्थित देवानटारमा कार्यक्रम गरी पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा प्राध्यापक डाक्टर टंक न्यौपाने, गंगाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाका अध्यक्ष घनश्याम बराल, प्राध्यापक डा. दधिराज सुवेदी, प्राध्यापक डा.गोपाल भण्डारी, प्राध्यापक डा.हरीहर भण्डारी, प्राध्यापक डा.वद्रीविसाल श्रे...
धनकुटामा गठबन्धनको एउटै चुनाव चिन्ह

धनकुटामा गठबन्धनको एउटै चुनाव चिन्ह

धनकुटा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेको जनाएका छन् । धनकुटाको तीन नगर र चार गाउँपालिकामा तालमेल गरेका दलहरुले सबै पालिका र सबै वडामा जुन पार्टीले नेतृत्व पाएको उही पार्टीको चिन्हमा चुनाव लड्ने सहमती भएको जनाएका हुन् । धनकुटामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी एउटै चुनाव ...
आज १६औँ लोकतन्त्र दिवस

आज १६औँ लोकतन्त्र दिवस

काठमाडौं । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिस...
धनकुटाका सात वटै पालिकामा एमालेले तोक्यो उम्मेद्वार

धनकुटाका सात वटै पालिकामा एमालेले तोक्यो उम्मेद्वार

धनकुटा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा उम्मेद्वारको टुंगो लगाएको छ । एमाले १ नम्बर प्रदेश कमिटीले जिल्लाका सात वटै पालिकाका प्रमुख र उप–प्रमुखका उम्मेद्वारको टुंगो लगाएर शनिवार साँझ जिल्ला कमिटीलाई नाम पठाएको एमाले स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । तर, जिल्ला कमिटीले भने आधिकारिक रुपमा उम्मेद्वारको नाम सार्वजनिक गरेको छैन । विश्वस्त स्...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं । बिहीबारदेखि विधिवत रूपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ। उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन् यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ। त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी कुवेतका ल...
निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेप...
error: Content is protected !!