गठबन्धनबाट विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका यादवको उम्मेदवारी

विराटनगर । विराटनगर महागरपालिकाको मेयरमा गठबन्धन दलबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

कोइराला कांग्रेस मोरङका उपसभापति हुन् । त्यस्तै यादव पार्टीका विराटनगर महानगर अध्यक्ष हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रले पार्टीको युवा फोरमबाट राजनीति सुरू गरेका थिए ।

मेयरका उम्मेदवार कोइरालाले विराटनगरवासीले चाहेको विराटनगर बनाउन शिक्षा, स्वास्थ्य, पूर्वाधारा, उद्योगलगायतका क्षेत्रको विकास गर्ने चुनावी एजेण्डा अघि सारेका हुन् । यता, उपमेयरका उम्मेदवार यादवले औद्योगिक नगरी विराटनगरलाई मेडिकल र शैक्षिक उद्योगको रूपमा विकास गर्ने चुनावी एजेण्डा अघि सारेका हुन् ।

error: Content is protected !!