संगालोखबर सम्बाददाता

धनकुटा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेको जनाएका छन् । धनकुटाको तीन नगर र चार गाउँपालिकामा तालमेल गरेका दलहरुले सबै पालिका र सबै वडामा जुन पार्टीले नेतृत्व पाएको उही पार्टीको चिन्हमा चुनाव लड्ने सहमती भएको जनाएका हुन् ।

Advertisement

धनकुटामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका माओवादी केन्द्रका जिल्ला इन्चार्ज हेमराज भण्डारीले बताए । धनकुटाका तीन नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट उठ्ने पक्का भएको छ । चार गाउँपालिका आईतबार निर्णय हुने जनाइएको छ ।

एउटै चुनाव चिन्हबाट निर्वाचनमा गएका दलहरुले कानुनी जटिलता समाधान गरेर जाने बताएका छन् । प्रमुख वा उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षमा आ–आफ्नै चुनाव चिन्हबाट लड्ने र वडामा अध्यक्षदेखि सदस्यहरु जुनसुकै दलबाट भए पनि एउटै चुनाव चिन्हबाट लड्ने तयारी भएको जनाइएको छ ।

वडामा छुट्टा–छुट्टै चुनाव चिन्हबाट उम्मेदवार बन्दा मत बदर हुने सम्भावना बढी भएका कारण एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेको नेपाली कांँग्रेसका सभापती दिनेश राईले बताए । वडामा जुन पार्टीको अध्यक्ष हुन्छ सो ठाउँमा सोही पार्टीको चुनाव चिन्ह हुने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!