सिरहा, १२ कात्तिक । कर्जन्हा नगरपालिका २ बन्दिपुरमा अनैतिक सम्बन्ध लुकाउन दिदिले आफ्नो नजिकको केटा साथीको सहयोगमा भाईको हत्या गरेकी छिन् ।

यहि कार्तिक ३ गतेदेखि हराईरहेका स्थानिय कुसुमलाल यादवका १३ बर्षीय छोरा भवेश कुमार यादवको शव ५ गते बेलुकी हत्या गरि फालिएको अवस्थामा कर्जन्हा नगरपालिका २ स्थित बनमारा घारीमा फेला परेको थियो ।

Advertisement

भबेशलाई आफ्नै ठुलोबुवा राम उदगार यादबका १६ बर्षीय छोरी प्रियंका यादब र प्रियंकाका नजिकको केटा साथी तथा छिमेकी धनुषा धनौजीकट्टी ५ घर भई हाल कर्जन्हा नगरपालिका २ स्थित मामा नविन कुमार साहको घरमा बसी अध्ययन गर्दै आएका नथुनी साहको १४ बर्षीय छोरा संजय कुमार साहले आफ्नो यौनलिला लुकाउन खुकुरीले घाँटी रेटि हत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले आज (आइतवार) पत्रकार सम्मेलन गरि भवेशको हत्यामा संलग्न प्रियंका र संजयलाई पक्राउ गरि सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा ईप्रका मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले भने “प्रियंका र संजयबिचको अनैतिक सम्बन्ध भबेशले देखेको र उक्त सम्बन्ध घरपरिबार र आफन्तलाई भनिदिने बताएका थिए” त्यसैले आफ्नो अनैतिक सम्बन्ध लुकाउने उदेश्यले दुवैजना मिलेर भबेशलाई हत्या गरेको हो” । उनले भने “भैसी चराउन गएको बेला प्रियंका र संजयबिचको अनैतिक सम्बन्ध भवेशले घटना हुनु भन्दा २ दिन अगाडी देखेएका थिए” ।

भबेशलाई यो कुरा कसैलाई नभन्न भनेपनि नमानेकोले आफुहरुले हत्या गरेको उनीहरुले स्विकार गरिसकेको डिएसपी गजुसिद्धि बज्राचार्यले बताए ।

कार्तिक ३ गते भटका र मोबाइल भेटेको भन्दै भवेशलाई ललाईफकाई कर्जन्हा नगरपालिका २ मा रहेको नर्सरीको बनमारा घारीमा लगेर प्रियंका र संजयले खुकुरी प्रहार गरेर हत्या गरि फालेका थिए ।

हत्या गर्ने क्रममा प्रियंकाले आफ्नो सलले भवेशको आखाँ बन्द गरि खुकुरी प्रहार गरेको प्रहरीलाई बताएको छ ।अपराधिलाई केन्द्रिय अनुसन्धान ब्युरो काठमांडौ, प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाका संयुक्त प्रयासमा पक्राउ गर्न सफल भएको डिएसपी बज्राचार्यले बताए ।-पूर्वेलीन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!