संगालोखबर सम्वाददाता

धनकुटा, १३ कात्तिक । धनकुटामा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले गरेका कामको स्थलगत अनुगमन गरिएको छ । ग्रिन नेपाल मिडियामा आवद्ध पत्रकारहरुको टोलीले सामुदायिक वनमा गरिएको द्धन्द्ध रुपान्तरणको अवस्था अनुगमन गरेको हो ।

अनुगमन पश्चात सरोकारवालाहरुसँग अन्तरक्रिया पनि गरिएको छ । ग्रिन मिडियामा आवद्ध र स्थानीय पत्रकारहरु, सामुदायिक बन तथा बन कार्यालयका प्रतिनिधिवीच अन्तरक्रिया गरिएको हो ।

Advertisement

कार्यक्रममा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रका राष्ट्रिय श्रोत व्यक्ति भोजवहादुर विश्वकर्माले धनकुटामा १० वटा सामुदायिक वनको द्धन्द्ध रुपान्तरण भईसकेको जानकारी दिदै केहि बनमा द्धन्द्ध रुपान्तरणको प्रकृया चलिरहेको बताएका छन ।

अनुगमन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रम । तस्वीर : संगालोखबर

सामुदायिक वनमा विशेष गरि आर्थिक अनियमितता, सिमा विवाद, समिति गठन लगायतका विषयमा बढी विवाद देखिएको उनको भनाई छ ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र खड्का, ईलाका वन कार्यालय चुलिवनका वनप्राविधिक गोविन्द खत्री लगायतले सामुदायिक वनको द्धन्द्ध रुपान्तरण प्रकृया प्रभावकारी देखिएको बताएका छन ।

कार्यक्रममा ग्रिन मिडिया नेपालका अध्यक्ष हरि न्यौपानेले द्धन्द्ध रुपान्तरण कार्यक्रम चलेका जिल्लामा बनको अनुगमन गरी उपयुक्त बिषयलाई सञ्चारमाध्यममार्फत प्रकाशन/प्रशारण गरिने जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!