संगालोखबर सम्वाददाता

धनकुटा, १३ कात्तिक । धनकुटामा आयोजित एक कार्यक्रममा सहभागिहरुले महिलाहरु आफ्नो हक अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिएका छन ।

संकल्पको सहयोगमा जिल्ला केन्द्रित व्यक्तिले आयोजना गरेको जिल्ला स्तरमा महिला अधिकार बारे परामर्श कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा हरेक क्षेत्रमा महिला र पुरुषको समान सहभागिताको वारेमा पनि छलफल तथा परामर्श लिईएको थियो ।

Advertisement

कार्यक्रममा पूर्व सांसद अञ्जना ताम्ली, संघीय समाजवादी फोरमका पार्वती राई, राप्रपाका टिकाप्रसाद घिमिरे, सल्भ नेपालका जेपी भुजेल, एकल महिला समुहका मिना राई, महिला अधिकारकर्मी सुमना तिम्सना, सञ्चारकर्मी स्मिता निरौला, रबिन कटेल लगायतले अधिकार प्राप्तिका लागि महिलाकै अग्रसरताको खाचो औल्याएका हुन ।

महिलाहरुलाई जन्मदा देखिनै बिभेद सुरु हुँने भन्दै उनीहरुले त्यसको अन्त्यका लागि महिलाहरु आफै अग्रसर हुनुपर्नेमा जोड दिए । कानुनी रुपमा महिलालाई अधिकार प्राप्त भएपनि ब्यावहारिक रुपमा अझै पनि सन्तोषजनक अवस्था नभएको उनीहरुको भनाई थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!