सिरहा, १३ कात्तिक । भाइको हत्या आरोपमा पक्राउ परेकी दिदीले सिरहाको विष्णुपुर प्रहरी चौकीमै आत्महत्या गरेकी छिन्। कर्जन्हा नगरपालिकाको बन्दिपुरका १३ वर्षीय भवेशकुमार यादवको हत्या उनका साथी सञ्जयकुमार साह र नाताले दिदी पर्ने प्रियंकाले गरेको भन्दै प्रहरीले आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो।
ईलाका प्रहरी कार्यालय मिर्चैयामा सार्वजनिक गरिए पनि कैदी राख्ने ठाउँ नभएपछि विष्णुपुर पुर्याइएकी प्रियंकाले त्यही शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको सिरहाका
प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए। प्रियंका बहाना बनाएर शौचालय प्रवेश गरेको र आत्महत्या गरेको प्रहरीले बताएको छ ।
याे पनि पढ्रनुहाेस्
अनैतिक सम्बन्ध लुकाउन दिदिले गरीन अाफ्नै भाइकाे निर्मम हत्या