सर्वोच्चको आदेशबारे निर्णय गर्न आयोग बैठक जारी
काठमाडौं, १२ कात्तिक । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको छुट्टा छुट्टै मतपत्र बनाउन दिएको आदेशको पत्र पाएपछि निर्वाचन आयोगले कानुनविदहरुसँग छलफल गरिरहेको छ।
सर्वोच्चले गत बुधबार प्रत्यक्षतर्फ दुवै सभाको मतपत्र अलगअलग छाप्नेबारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण माग गरेपछि आयोगले छलफल गरेको हो।
आयोगकै कार्यालयमा महान्यायधिवक्तासहित कानुनविदलाई बोलाएर छलफ...


























