एजेन्सी, १३ कात्तिक । मेक्सीकोका युगल जोडी आफ्नो प्रेम अमर बनाउनका लागि भाग्य बदल्नका लागि गुआनायुआटो शहरको एक गल्लीमा गएर एक अर्कालाई चुम्बन गर्छन् ।

उक्त गल्लीलाई ‘एले अफ द किस’ को नामले चिनिन्छ । यदि कुनै जोडीले उक्त गल्लीमा गएर चुम्बन गर्छन् भने उनीहरुले अर्को १५ वर्षसम्म खुसीको वरदान पाउने मान्यता रहिआएको छ । खुसीको वरदान हाँसिल गर्ने चाहमा मानिसहरु लाइन लागेर आफ्नो पालो कुरेर बस्छन् ।

Advertisement

यस्तो छ रोचक कहानीः

यो स्थानको सबैभन्दा रोचक पाटो घुमक्कड संगीतकारको टोली हो । यी टोली १७ औं शताब्दिको स्पेनिश पोशाकमा घुम्छन् र प्रेमले भरिएको गीत गाउँछन् । ‘एले अफ द किस’ लाई प्रेम गल्ली पनि भन्न सकिन्छ । यो गल्लीको नाम कसरी रहन गयो, त्यसबारे पनि एक रोचक कहानी छ ।

भनिन्छ, यो गल्लीमा अना र कार्लोस नामका दुई प्रेमी बस्दथे । अना धनी स्पेनी खानदानकी थिइन् । जुन बाल्कोनी मुनी उभिएर आज युगल जोडी एक अर्कालाई चुम्बन गर्छन्, अना त्यसै बाल्कोनीमा उभिएर आफ्नो प्रेमीको प्रतिक्षा गर्दथिन् । कार्लोस मजदूरी गर्ने एक गरिब थिए ।

तर तर कार्लोस र अनाको प्रेमको बिचमा धनी–गरिबको कुनै अर्थ थिएन । उनीहरु दुबै रातीको मौका पारेर उक्त गल्लीमा भेट्दथे । एक दिन अनाका पिताले ती दुबैलाई चुम्बन गरिरहेको देखे । अनाका पिताले दोस्रो पटक दुबैलाई सँगै देखे हत्या गरिदिने धम्की दिए ।

अना कार्लोसको प्रेममा पूर्ण रुपमा डुबिसकेकी थिइन् । बुवाको धम्कीले उनीहरुलाई रोक्न सकेन । अर्को दिन उनीहरु दुबैजना पुनः भेटे । अनाका पिताले उनलाई दोस्रोपटक चुम्बन गरिरहेको देखेपछि रिसले आँखा देखेनन् । उनी बाल्कोनीमा आए र अनाको टाउको काटिदिए ।

मानिसहरुका अनुसार जब कार्लोस अनालाई बचाउन गए तब उनी सिँढीमा नै खसे । उनको गर्धन टुट्यो र बाल्कोनीको सिँढीमा नै उनको मृत्यु भयो ।

उक्त सिँढी यी दुईको रगतले लत्पतिएकाले अहिले पनि यसमा रातो रङ लगाइएको छ । कोही प्रेमी जोडी यहाँबाट यात्रा गरिरहेका बेला ती सिँढीलाई ढोग्ने गर्दछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!