गुल्मी, १३ कात्तिक । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटनामा मृत्यु हुनेको संख्या अाठ पुगेको छ ।

Advertisement

सात जनाको घटनास्थल मै मृत्यु भएको थियो भने घाइते भएका एक जनाको उपचारका क्रममा पाल्पाको मिशन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा मृत्यु हुने गाडीका चालक रहेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेहरूमा ३ जना महिला र ५ जना पुरूष रहेका छन् । घाइते हुनेहरूमा  छ जना पुरूष, दुर्इ जना बालवालिका र एक जना महिला रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

मृतक र घाइतेको  सनाखत भने हुन सकेको छैन् । अाफन्तहरू सम्पर्कमा नअाउन अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

घाइतेहरूको पाल्पाकाे मिसन अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालक सहित १७ जना रहेको बुझिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!