६१ करोड हिनामिना गर्ने कोशी अञ्चल यातायात कार्यालयका लेखापालमाथि अनुसन्धान सुरु
इटहरी, २४ कात्तिक । कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीमा रहँदा करोडौँ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका लेखापाल सुरेश अधिकारीमाथि अख्तियारद्वारा अनुसन्धान थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फरार रहेको अवस्थामा उनलाई काठमाडौँबाट गत आइतबार पक्राउ गरेको थियो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्म...
























