अमेरिका, २० कात्तिक । अमेरिकाको टेक्सास राज्यस्थित सन्डरल्याण्ड स्प्रिंग्सको विल्सन काउन्टीमा रहेको फस्ट बापिष्ट चर्चमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

Advertisement

चर्चमा आइतबारको प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएका थिए । बीबीसीका अनुसार कालो कपडा लगाएका करिब २६ वर्षको गोरा युवकले बिहान साढे ११ बजे चर्चभित्र प्रवेश गरेर गोली चलाएका थिए ।

प्रहरीका अनुसार गोली लागेर मृत्यु हुनेमा बालकदेखि वृद्धसम्म रहेका छन् । उक्त घटना पश्चात सो स्थानबाट भागेका बन्दुकधारीलाई प्रहरी केही किलोमिटर पर आफ्नै गाडीमा मृत फेला पारेका थिए ।

बीबीसीका अनुसार बन्दुकधारी युवकले बुलेट प्रुफ भेस्ट लगाए थिए भने उनलाई चर्च बाहिर केही स्थानीयले नीजि हतियारबाट गोली हानेका थिए । त्यसपछि उनी त्यहाँबाट भागेका थिए ।

उनलाई केही स्थानीयले पछ्याउँदै गर्दा केही पर उनको गाडी दुर्घटनामा परेको थियो । पछि प्रहरीले उनलाई गाडीमा मृत अवस्थामा फेला पारेका थिए ।

टेक्सास राज्यका गर्भनर ग्रेग एबटका अनुसार यो राज्यको इतिहासकै सबैभन्दा ठूलो आक्रमण हो।

जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटना प्रति दुस्ख व्यक्त गरेका छन् ।-कान्तिपुर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!