उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो 
वि.सं. २०७४ साल कात्तिक २३ गते। बिहीबार। इश्वी सन् २०१७ नोभेम्बर ९ तारिख। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– षष्ठी, २२:०३ बजेउप्रान्त सप्तमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। तर अपराह्नपछि उपलब्धिका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा मातृधनबाट भने लाभ मिल्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
होसले काम लिँदा बिस्तारै फाइदा हुनेछ। धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। नयाँ काम सुरु गर्नुअघि शुभचिन्तक तथा सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। अपराह्नदेखि व्यापार तथा कृषिमा सामान्य लाभ हुनेछ। तर पहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। प्रतिस्पर्धी बढ्नेछन् तापनि हिम्मतले काम लिँदा फाइदा उठाउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेत गर्दा दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। हिम्मतले काम बनाउन सकिनेछ भने विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। अपराह्नदेखि बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। तर, आफन्तजनबाट टाढिनुपर्ने हुन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग रहेकाले सजग रहनुहोला। आवेशमा निर्णय लिने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश थोरै मात्र प्राप्त भए पनि ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। मिहिनेत गर्दा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। साझेदारीमा फाइदा हुनेछ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मनग्गे अर्थ सञ्चय गर्ने समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। मध्याह्नपछि अवसर मिले पनि चिताएको फाइदा नहुन सक्छ। केही काम स्थगन गर्नुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त होला। कार्यक्षेत्रमा विवाद आउने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, मध्याह्नपछि सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। मध्याह्नदेखि स्वास्थ्यगत समस्याले सताउन सक्छ। सानातिना समस्यामै अल्झनुपर्ला। समस्या दर्साउँदा अप्ठ्यारोमा साथ दिनेहरू फेला पर्नेछन्। श्रमको मूल्य भने प्राप्त हुने देखिन्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। व्यापार–व्यवसायमा पनि मनग्य लाभ हुने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनाे गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने अावश्यकता पर्न सक्छ। साँझदेखि बाधाहरू स्वत: हट्नेछन्। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!