नर्वे, २० कात्तिक । गैरआवासीय नेपाली संघ (एनअारएनए) नर्वेले  एकीकृत नमूना वस्ती निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनलार्इ सहयोग गरेको छ ।

Advertisement

कल्याणकारी कार्यका लागि संकलन गरेको एक लाख ४० हजार ७८० रूपैयाँ एनअारएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसीसी बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकम रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित सन्तपुरमा रहेका ४७ बाढीपीडत परिवारहरुका लागि निर्माण गरिने एकीकृत नमूना वस्तीमा उपयोग गरिने छ ।

एकीकृत वस्तीको निर्माण लागत करीव ६ करोड रहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए ।

उनले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा पनि व्यक्त गरे ।

संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता परोपकारी कार्यमा संघको सदैव सहयोग रहने विश्वास दिलाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!