काठमाडौं, २० कात्तिक । नक्कली सरकारी कागजातहरु, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र र नेपाली सेनाका परिचयपत्र  बनाउने गिरोहका दुई सदस्यलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ्ग स्थायी घर भएका शालिकराम अधिकारी र संखुवासभाका यज्ञराज कार्की रहेका छन् ।
काठमाडौंको महराजगञ्जमा ‘कल्की फोटो स्टुडीयो’ सञ्चालन गर्दै आएका अधिकारीले स्टुडियोबाटै नक्कली सरकारी कागजात बनाउने गरेका थिए ।

Advertisement

उनले तयार गरेको कागजात काठमाडौंको बानेश्वर बस्दै आएका यज्ञराज अधिकारीले वितरण गरेर सर्वसाधारणलाई ठगी गर्दै आएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

कार्तिक १६ गते पक्राउ परेका अधिकारीको फोटो स्टुडीयोबाट यातायात ब्यवस्था कार्यालय बाग्मतीको स्ट्याम्प, नेपाल आर्मी लेखिएको होलोग्राम, नेपाल सरकार लेखेको होलोग्राम, विभिन्न ब्यक्तिहरुको नामको सवारी चालक अनुमति पत्रहरु, उच्चमाध्यमिक शिक्षा परिषद्ले जारी गर्ने नक्कली प्रोभिजनल, एसएसलसिको मार्कसिट लगायतका सामग्री फेला परेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!