- संगालोखबर सम्वाददाता

धनकुटा, ८ मंसिर । धनकुटाको फङसुवा खोला स्थित सडकमा आज बिहान गाडीलाई लक्षित गरी बम बिस्फोट गराईएको छ । धनकुटा नगरपालिकाको वेलाहारावेसी र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको साप्तिङटारको सिमानामा रहेको फङसुवा खोला स्थित सडकमा बिहान करिव साँढे ७ बजे बम बिस्फोट भएको हो ।

सडकमा विच्छाएर राखिएको बालटिन बम बिस्फोट भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसार बिस्फोटबाट पैदलयात्री तेजबहादुर पौडेललाई सामान्य चोट लागेको छ ।

गुड्दै गरेको गाडीलाई लक्षित गरी बम बिस्फोट गराईएको प्रत्यक्षदर्सी एवं वेलाहारावेसीका ब्यापारी ठहरबहादुर विश्वकर्माले संगालोखबरलाई बताएका छन । ‘वेलाहारावेसीबाट साप्तिङटार तर्फ जाँदै गरेको गाडीलाई लक्षित गरी बम बिस्फोट गराईएको छ ।’ संगालोखबरकर्मीसँग विश्वकर्माले भने ‘गाडी कटिसकेपछि विस्फोट भएकाले गाडी जोगियो ।’

विरामी लिएर जाँदै गरेको गाडी भन्दा करिव १० मिटर नजिक बिस्फोट भएको उनले बताएका छन ।  उद्योग मन्त्री एवं धनकुटाबाट लोकतान्त्रिक गठबन्धनको तर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापा चुनावी अभियानका क्रममा साप्तिङटारमा थिए । थापा हिजो नै साप्टिङटार पुगेका हुन ।

थापा सवार गाडी भनेर बिस्फोट गराइएको हुनसक्ने चुनावी अभियानमा खटिएका राप्रपाका असित थापाले बताएका छन ।

घटनास्थलका तस्वीरहरु हेर्नुहोस् …

बम बिस्फोट हुँदा खाल्डो परेको स्थान ।
बम बिस्फोट भएको स्थान ।
बम बिस्फोट भएको स्थानमा भेला भएका सर्वसाधरणहरु ।
बम बिस्फोट भएको स्थान हेर्दै प्रहरी ।

यसअघि प्रकाशित समाचार हेर्नुहोस् …

धनकुटामा गाडीलाई लक्षित गरी बम बिस्फोट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!