धनकुटामा नेकपाकाे प्रचण्ड-माधव समूहकाे आग्रह : सबै मूल पार्टीमा फर्कनुस्
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूह धनकुटाले कम्युनिष्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ । गत फागुन १४ गते बसेको जिल्ला कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न अध्यक्ष दुर्गा लिंखा र सचिब ऋषिराम ढुंगानाले एक विज्ञप्ती जारी गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष भएको पार्टी नै आधिकारीक र मूल पार्टी भएको बताउँदै सबै नेता क...




























