संगालोखबर सम्बाददाता

इटहरी । इटहरी उपमहानगरपालिकाको आठौं नगरसभा सुरु भएको छ । सभालाई सम्वोधन गर्दै नगर प्रमुख द्धारिकलाल चौधरीले कोभिड १९ का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको वताए ।

उनले सातौं नगरसभाले स्वीकृत गरेको वजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको उल्लेख गरे । सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान प्रस्तुत गरेकी थिइन् ।

यसैगरी सभामा उपमेयर गौतमले विनियोजन ऐन विधेयक, आर्थिक ऐन संसोधन विधेयक, विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्र्ने सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक, इटहरी स्वास्थ्य ऐनका सम्वन्धमा वनेको विधेयक, इटहरी भू उपयोग तथा जग्गा ब्यवस्थापन गर्न वनेको विधेयक र टोल विकास संस्था संचालन तथा ब्यवस्थापन गर्न वनेको विधेयक पेश गरिन् । चालु नगरसभामा अर्को वैठक फागुन २५ गते वस्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!