संगालोखबर सम्वाददाता
धरौटी रकम बुझाएर छुटेका सिमन विसुङ्खे ।

धनकुटा । धनकुटा नगरपालिका–६ कचिडेमा गोरु काटेको अरोपमा पक्राउ परेका तीन जना मध्ये एक जना धरौटी रकम बुझाएर छुटेका छन् । वाँकी दुई जना धरौटी रकम बुझाउँन नसक्दा जेल चलान भएका छन् ।

गत माघ ६ गते गोरु काटेको खबर पाएपछि पुगेको प्रहरी टोलीले गोरुको मासुसहित कचिडेका ३० बर्षीय अमर मग्रान्तिलाई पक्राउ गरेको थियो । चार दिनपछि माघ १० गते स्थानीय २२ बर्षीय विकास विसुङ्खेलाई प्रहरीले पक्राउ गर्यो । घटनापछि फरार रहेका कचिडेका ३७ बर्षीय भेषबहादुर भनिने सिमन विसुङ्खेलाई पनि एक महिनापछि गत वुधवार प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

जिल्ला अदालत धनकुटामा बिहिबार उपस्थित गराइएका सिमन ६० हजार धरौटी रकम तिरेर तारेखमा छुटेका छन् । तर, ६०/६० हजार धरौटी रकम बुझाउँन नसक्दा अमर र विकास जेल चलान भएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!