एक वर्षीया नाबालिकाको हत्या, परिवारकै चार पक्राउ

एक वर्षीया नाबालिकाको हत्या, परिवारकै चार पक्राउ

भैरहवा। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव (२२) दुई वर्षअघि लगनगाँठोमा कसिएका थिए। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर, विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’ भन्दै कुरा काट्न थाले। त्यसले पति/पत्नीबीच खटपट मात्रै परेन, परिवारै भाँडिन पुगेको छ। ‘प्रेमाले छोरी र गाउँघरमा कुरा काटिरहेको विषयमा...
विद्युतीय चुरोटले स्वास्थ्यमा नकारात्मक असर

विद्युतीय चुरोटले स्वास्थ्यमा नकारात्मक असर

काठमाडौं । युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमासमेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्छन् । युवक मात्र होइन, युवतीमा पनि विद्युतीय चुरोटको लत बस्न थालेको चिकित्सकको अनुभव छ । विद्यालय तथा कल...
१४ वर्षीय बालकले एकै दिन चार बालिका बलात्कार गरेको आरोप

१४ वर्षीय बालकले एकै दिन चार बालिका बलात्कार गरेको आरोप

गुलरिया । १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५-५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ । आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाासगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटना लुकाएका थिए । तर, घटनामा पीडित एक बालिकाले अ...
संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुर्नस्थापनाले असर नगर्ने

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुर्नस्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुर्नस्थापनाको विषय पृथक भएकाले पुर्नस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासमेत संलग्न रहेको संवैधानिक परिषद्ले विभिन्न ११ वटा निकायमा ३२ जना पदाधिकारीको सिफारिस भई कानुनअनुसार नियुक्ति भएको थियो । तत्कालीन अवस्थामा प्रतिनिधिसभा नर...
चौबिसे रनिङ कप फुटबल : राजारानी र बसन्तटार सेमिफाइनल प्रवेश

चौबिसे रनिङ कप फुटबल : राजारानी र बसन्तटार सेमिफाइनल प्रवेश

धनकुटा । धनकुटाको राजारानीमा जारी दोस्रो चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको बिहिबारको क्वाटर फाइनल खेलमा बिजयी बन्दै राजारानी र बसन्तटार सेमिफाइनल प्रवेश गरेका छन् । राजारानी खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा कुरुलेतेनुपा-४ लाई ५-० गोल अन्तरले हराउँदै राजारानी सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै, चौथो क्वाटरफाइनल खेलमा वोधेलाई ३-२ गोल अन्तरले पराजित गर्दै बसन्तटारले सेमिफाइनलको यात्रा तय...
२०७७ फागुन १४ गते शुक्रबारको राशिफल

२०७७ फागुन १४ गते शुक्रबारको राशिफल

बि.सं.२०७७ साल फागुन १४ गते शुक्रबार ई.सं. २०२१ फेब्रुअरी २६ नेपाल सम्बत ११४१ पोहेलागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, अतिगंड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः३१ बजे, सूर्यास्त साँझ ६ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जु...
उर्लावारीका प्रविणको मृत्यु प्रकरण: दर्जीलाई थुनामा राख्न र राईलाई धरौटीमा छोड्न आदेश

उर्लावारीका प्रविणको मृत्यु प्रकरण: दर्जीलाई थुनामा राख्न र राईलाई धरौटीमा छोड्न आदेश

विराटनगर। मोरङको उर्लाबारी–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत मोरङले पूपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हत्या आरोपमा पक्राउ परेका रतुवामाई–१० का मेहरमान दर्जीलाई थुनामा राख्न अदालतले आदेश दिएको हो । बिहिबार थुनछेक बहसपछि अदालतले दर्जीलाई थुनामा पठाउन र अर्का आरोपी उर्लाबारी–७ का कुमार राईलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटीमा छुटेका राई स्था...
विराटनगरबाट दुई लाख भारुसहित भारतीय नागरिक पक्राउ

विराटनगरबाट दुई लाख भारुसहित भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगरबाट दुई लाख भन्दा बढी भारतीय रुपैयाँसहित आज एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया थाना नरपथजंग पोस्ट तलासी–१० का संजय सिंह छन् । साँझ करिव पौने ५ बजे विराटनगर–१७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले भारतबाट लुकीछिपि नेपालतर्फ आएका सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको साथबाट भारतीय रुपैयाँ ५०० का ३८८ थान...
विराटनगरबाट औषधि व्यवस्था विभागका सुपरभाइजर घुससहित पक्राउ

विराटनगरबाट औषधि व्यवस्था विभागका सुपरभाइजर घुससहित पक्राउ

विराटनगर । विराटनगरस्थित औषधी व्यवस्था विभाग कार्यालयमा कार्यरत मेडिकल सुपरभाइजर सरोज सुवेदी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सुपरभाइजर सुवेदीलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–३ दुधफारमको भट्टराई होटलबाट घुस लिएको दुई लाख रकमसहित सुवेदीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । बन्द भएको फार्मेसी सञ्चालनको अन...
ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउनसुगरसहित एक जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट आज दिउँसो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–९ का २५ बर्षीय रोसन दर्जीलाई दिउँसो करिब ३ बजे लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलमा चेकजाच गर्ने क्रममा दर्जीको साथमा ५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको...
जुम्लामा पुगेन प्रदेश सरकारले दिने छात्रवृत्ति

जुम्लामा पुगेन प्रदेश सरकारले दिने छात्रवृत्ति

कर्णाली । कर्णाली प्रदेश सरकारले वितरण गर्ने चालु आर्थिक वर्ष २०७७/७८ को उच्च शिक्षा छात्रवृत्ति जुम्लाका विद्यार्थीले पाउन सकेका छैनन् । सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आएको छ । प्रदेशका अन्य ...
इलाममा भटाभट मर्न थाले कुखुरा

इलाममा भटाभट मर्न थाले कुखुरा

इलाम । पछिल्लो समय कुखुरा मर्न थालेपछि  जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ । आइतबार र सोमबारमा एक हजार २ सय कुखुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोखरेलले जानकारी दिए ।  एकैपटक दुई जातिका कुखुरा मर्दा रु साढे चार लाखभन्दा बढी क्षति...
मिर्चैयाको बनमा कुहिएको अवस्थामा महिलाको शव फेला

मिर्चैयाको बनमा कुहिएको अवस्थामा महिलाको शव फेला

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा कुहिएको अवस्थामा बिहिबार बिहान एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको शव भेटिएको हो । शवको पहिचान खुल्न सकेको छैन । स्थानीय गोठालाले जङ्गलमा शव देखेपछि प्रहरीलाई खब...
बराहक्षेत्रमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

बराहक्षेत्रमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरोलमा गएराती बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र–५ का २५ बर्षीय डिगन गुरुङ छन् । बुधबार मध्यराती पौने १२ बजे भरोलमा दक्षिणतर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटसाइकलमा सवार सोही स्थानका गुरुङसहित २६ वर...
सहिदभूमिका २२४ जनाले पाए दाँत उपहार

सहिदभूमिका २२४ जनाले पाए दाँत उपहार

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका २२४ जनाले दाँत उपहार पाएका छन् । प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रममा ९६ जनाले सेट दाँत लगाएका हुन् । त्यस्तै, १ सय २८ जनालाई ६ सय ७३ वटा खुद्रा दाँत लगाइएको गाउँपालिकाले जनाएको छ । पूर्वाअञ्चल डेन्टल हस्पिटल इटहरीको प्राविधिक सहयोगमा प्रदेश १ को सामाजिक विकास मन्त्रालय र हेल्पिङ्ग युथ इटहरीसँग सहकार्य गरेर सहिदभूमि गाउँपालिकाले आँखिसल्ला स्व...
पाँच वर्षअघि नै म्याद सकिएको दाल विक्री गर्ने विराटनगरका व्यापारी कारवाहीमा

पाँच वर्षअघि नै म्याद सकिएको दाल विक्री गर्ने विराटनगरका व्यापारी कारवाहीमा

मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७०० बोरा बरामद भ...
घर-घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान

घर-घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घर-घरमै पुगेर सम्मान गर्न थालेको छ । ९० बर्ष भन्दा बढि उमेरका जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्न थालिएको हो । बेलबारी २ नम्बर वडाबाट सम्मान थालिएको छ । घर-घरमै पुगेर जेष्ठ नागरिकहरुलाई व्लाङ्केट, सुइटर लगायत सामाग्री दिएर सम्मान गर्न थालिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । सवै वडामा पुगेर जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने सुवेदीको...
माटो परीक्षण वेबसाइटबाटै

माटो परीक्षण वेबसाइटबाटै

काठमाडौं । अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले अबका दिनमा नेपाली किसानले आफ्नो जमीनको गुणस्तर थाहा पाउन माटो परीक्षणका लागि प्रयोगशालामा गइरहनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । दक्षिण एशियामै नेपा...
पशुपतिमा राखियो १०८ किलो सुनको जलहरी, सर्वोच्चले माग्यो लिखित जवाफ

पशुपतिमा राखियो १०८ किलो सुनको जलहरी, सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा १०८ किलो सुनको जलहरी राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बुधबार सुनको जलहरी (सुवर्ण पीठिका) अनावरण गरिएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले ८५ करोड रुपैयाँ खर्चिएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको शिवलिंगको तल्लो भागमा जलहरी राखिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पूजा गर्न आएका बेला उक्त कार्...
सत्तामा निर्णायक कांग्रेस, दाहाल–नेपालले गरे सत्ता सहकार्यको प्रस्ताव

सत्तामा निर्णायक कांग्रेस, दाहाल–नेपालले गरे सत्ता सहकार्यको प्रस्ताव

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुनेछ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा नै २४ फागुनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ । संसद् बैठक सुरु भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ...
धनकुटाबाट ओली पक्षीय नेकपाको उद्घोष: फैसला दुरुपयोग गर्दै स्वार्थ पुरा गर्न दिदैनौं

धनकुटाबाट ओली पक्षीय नेकपाको उद्घोष: फैसला दुरुपयोग गर्दै स्वार्थ पुरा गर्न दिदैनौं

धनकुटा । केपी ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले राजनैतिक अवस्था धमिल्याएर आफ्नो स्वार्थ पुरा गर्न खोज्नेहरुको स्वार्थ पुरा हुँन नदिने दावी गरेको छ । नेकपा धनकुटाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेका हुन् । आफ्नो स्वार्थ पुरा गर्न राजनैतिक अवस्था धमिल्याएर जनघाती र राष्ट्रघाती कदम चालिएको अरोप लगाउँदै यस्तो स्वार्थ...
२०७७ फागुन १३ गते बिहीबारको राशिफल

२०७७ फागुन १३ गते बिहीबारको राशिफल

बि.सं.२०७७ साल फागुन १३ गते बिहीबार ई.सं. २०२१ फेब्रुअरी २५ नेपाल सम्बत ११४१ पोहेलागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शोभन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः३२ बजे, सूर्यास्त साँझ ६ः१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको...
महालक्ष्मीमा निःशुल्क आँखा जाँच शिविर हुँने

महालक्ष्मीमा निःशुल्क आँखा जाँच शिविर हुँने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर हुँने भएको छ । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरेर महालक्ष्मी नगरपालिकाले आँखा जाँच शिविर गर्न लागेको हो । फागुन १४ गतेदेखि २५ गतेसम्म बिभिन्न वडामा फरक–फरक दिन शिविर सञ्चालन हुँनेछ । फागुन १४ गते वडा नं. १, १५ गते वडा नं. २, १६ गते वडा नं. ५, १७ गते वडा नं. ६, १८ गते वडा नं.७, १९ गते वडा नं. ८, २० गते वडा नं. ९...
प्रचण्ड–माधव पक्षीय सांसदलाई उपत्यका नछोड्न निर्देशन

प्रचण्ड–माधव पक्षीय सांसदलाई उपत्यका नछोड्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षले आफुनिकट सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन दिएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आज सिंहदरवारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् । सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न भनिएको छ । जानै पर्ने भएपनि जानकारी गराएर मात्र जान निर्देशन दिइएको छ । त्यस्तै उपत्यका बाह...
कुमारी बैंकको कार्डबाट भुक्तानी गर्दा जीवन्त एडभान्समा सहुलियत पाइने

कुमारी बैंकको कार्डबाट भुक्तानी गर्दा जीवन्त एडभान्समा सहुलियत पाइने

काठमाडौं । कुमारी बैंकले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गसँग सम्झौता गरी आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत पाउँने व्यवस्था मिलाएको छ । स्वास्थ्य सहुलियतका विषयमा कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता भएको हो । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गर...
विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समूहको बिजय जुलुश

विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समूहको बिजय जुलुश

विराटनगर । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज बिराटनगरमा बिजय जुलुश निकालेको छ । सर्वोच्चको निर्णयलाई स्वागत गर्दै विराटनगरका विभिन्न चोकबाट विजय जुलुस निकालेर खुशीयाली मनाइएको हो । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रधानमन्त्रीले प्रतिगामी कदम चालेको भन्दै ने...
परेवादिनमा गुम्बा निर्माण

परेवादिनमा गुम्बा निर्माण

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ परेवादिनमा कर्म थर्पोलिङ गुम्वा निर्माण गरिएको छ । संघीय सरकार, स्थानीय सरकार र विभिन्न सरोकारवाला संघ–संस्था तथा व्यक्तिको ३० लाख, ३८ हजार, १ सय ४५ रुपैयाँ लागतमा गुम्वा निर्माण गरिएको हो । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले एक कार्यक्रमकाबीच गुम्वा उद्घाटन गरेका छन् । गुम्वाको मुल ढोकामा राखिएको पञ्चदिप प्रज्वलन गर्दै रिवन काटेर सांसद राईले गुम्वा उद...
झापामा घरको छानाबाट खस्दा एक जनाको मृत्यु

झापामा घरको छानाबाट खस्दा एक जनाको मृत्यु

झापा । झापामा घरको छानाबाट खसेर एक जनाको मृत्यु भएको छ । घरको छानाबाट खस्दा दमक नगरपालिका–१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको मृत्यु भएको हो । मंगलबार दिउसो करिव ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खस्दा कुमाल गंभीर घाईते भएका थिए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारको क्रममा राती करिव साढे १२ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
धनकुटा क्याम्पसमा तालाबन्दी, सहायक क्याम्पस प्रमुखले परीक्षामा उत्तरपुस्तिका साटेको आरोप

धनकुटा क्याम्पसमा तालाबन्दी, सहायक क्याम्पस प्रमुखले परीक्षामा उत्तरपुस्तिका साटेको आरोप

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले मंगलबार साँझ तालाबन्दी गरेका छन् । स्नातक तह तेस्रो बर्षको परीक्षाका क्रममा सहायक क्याम्पस प्रमुखले विद्यार्थीको उत्तरपुस्तिका साटेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघको अगुवाइमा विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । एक महिला परीक्षार्थीले लेखेको बस्तुगत प्रश्नको उत्तरपुस्तिकालाई मानविकी संकायका सहायक क्याम्पस प्र...
अदुवाको मूल्य घट्दा किसान निराश

अदुवाको मूल्य घट्दा किसान निराश

इलाम । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन ९४० किलो रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो । ग...
नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा दिने वा अविश्वास प्रस्ताव ‘फेस’ गरेर जाने दुई विकल्प रहेको कानुनज्ञाता तथा राजनीतिज्ञ बताउँछन् । संसद् विघटन गर्नुअघि नै ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । सर्वोच्चले मंगलबार साँझ ...
error: Content is protected !!