संगालोखबर सम्वाददाता

विराटनगर । कुमारी बैंक लिमिटेड र केजीयच ग्रुपबीच कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रिय राख्दै शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक रहेको छ ।

Advertisement

सोही कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत केजीयच अन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरुमा छुटको प्रावधान मिलाएको हो । बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त केजीयच ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपान, स्पा आदि सुविधाहरुमा र संग्रहालय शुल्कमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

कुमारी बैंकले देशभर १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!