संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूह धनकुटाले कम्युनिष्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ । गत फागुन १४ गते बसेको जिल्ला कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न अध्यक्ष दुर्गा लिंखा र सचिब ऋषिराम ढुंगानाले एक विज्ञप्ती जारी गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष भएको पार्टी नै आधिकारीक र मूल पार्टी भएको बताउँदै सबै नेता कार्यकर्तालाई मूल पार्टीमा फर्कन आग्रह गरेका हुन् ।

Advertisement

विज्ञप्तीमा भनिएको छ ‘वर्तमान विशिष्ट राजनैतिक संकटग्रस्त परिस्थितिमा विभिन्न त्रास, आश्वासन, अन्यौल, भ्रम वाध्यता वा अन्य कुनै कारणले पार्टीको मुल प्रवाहमा आवद्ध हुनबाट वञ्चित हुँदै तटस्थ र अन्यौलमा पर्नु भएका एवं विखण्डनकारी गुटमा रहन बाध्य हुनुभएका इमान्दार कार्यकर्ता, पार्टी सदस्यहरु तथा पार्टी पक्षधर जनप्रतिनिधीहरुलाई सबैखाले अन्यौलता चिर्दै पार्टीको मुल प्रवाह मै समाहित हुन हार्दिक अपिल तथा आग्रह गर्दछौ ।’

नेकपा प्रचण्ड नेपाल समूहको जिल्ला कमिटी बैठकले धनकुटाका सातबटै पालिका कमिटीमा अध्यक्ष सचिबहरुको जिम्मेवारी र सपथ ग्रहण सम्पन्न गरिसकेकाले नेकपाको पुनर्गठन र पार्टी एकताका बाँकी रहेका सबै कामहरु १५ दिनभित्र सम्पन्न गर्दै वैचारिक, राजनैतिक र संगठनात्मक आगामी अभियानात्मक कार्ययोजनाहरु समेत पारित गरेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!