विराटनगर । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।
शुक्रबार तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सूनको मूल्य घटेर आज ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।