लालिगुराँसले जित्यो कर्मचारी फुटबलको उपाधि

लालिगुराँसले जित्यो कर्मचारी फुटबलको उपाधि

धनकुटा । तेह्रथुमको लालिगुँरास नगरपालिकाको टिमले धनकुटाको सिधुवामा सञ्चालित अन्तर पालिका स्तरीय कर्मचारी फुटबलको उपाधि जितेको छ । सिधुवा खेल मैदानमा आइतवार भएको फाइनल खेलमा तेह्रथुमको छथर शिक्षक टिमलाई ४–० गोल अन्तरले पराजित गर्दै लालिगुँरास नगरपालिकाको कर्मचारी टिमले प्रतियोगिताको उपाधि जितेको हो । लालिगुराँसलाई उपाधि दिलाउँन विकास गुरुङले दुई गोल गर्दा बिमल गुरुङ र उमेश लिम्बुले समान एक/एक गो...
सोलुखुम्बुमा केएमसीको चार दिने निःशुल्क स्वास्थ्य शिविर सुरु, उपचार गराउँन बिरामीको घुँइचो

सोलुखुम्बुमा केएमसीको चार दिने निःशुल्क स्वास्थ्य शिविर सुरु, उपचार गराउँन बिरामीको घुँइचो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा आइतवारबाट चार दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेचा सल्यान गाउँपालिका वडा नं.२, वडा नं. १ र सल्यानबासी समूहिक युवा समूहसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेचा सल्यान–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर गरेको हो । शिविरको पहिलो दिन १ हजार ६४ विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । १५ गतेसम्म चल्ने...
भोजपुरमा खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ

भोजपुरमा खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ

भोजपुर । भोजपुरमा खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेम्केमैयुङ–२ का २३ बर्षीय चङ्खे भनिने टिकाराम पोख्रेल छन् । शुक्रबार स्थानीय नौलेगाउँका २२ बर्षीय असित कुमार राईलाई पोख्रेलले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट राई घाइते भएका छन् । घटनाको जानकारी पाएपछि पोख्रेललाई पक्राउ गरेर ज्यान मार्ने उद्योग मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी ...
झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ घाइते

झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ घाइते

झापा । झापाको कन्काई नगरपालिका–८ स्थित पूर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् । मृत्यु हुँनेमा कन्काई–७ का १६ बर्षीय उत्सव पौडेल छन् । दिउँसो करिव साढे १२ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएको हो । दुर्घटनामा २३ जना घाइते भएका थिए । घाइते भएका पौडेलको उपचारकै क्रममा मृत्यु...
भोजपुरमा निर्माणाधीन पुल भाँचियो

भोजपुरमा निर्माणाधीन पुल भाँचियो

भोजपुर । भोजपुरको कावा खोलामा निर्माणाधीन पक्की पुल भाँचिएको छ । रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ र हतुवागढी गाउँपालिका–२ रानीबास जोड्न कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको हो । ५ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुल दुबैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो । पुलको डिजाइन भूकम्प प्रतिरोधी र ८० वर्षको...
विराटनगरबाट लागुऔषधसहित धरानका दुई युवा पक्राउ

विराटनगरबाट लागुऔषधसहित धरानका दुई युवा पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१३ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी छन् । सीआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ बरामद गरेको हो । पक्राउ परेका दबै जनाको विषयमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।
अगुल्टोले हानेर हत्या

अगुल्टोले हानेर हत्या

बझाङ । जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टोले हान्दै कुटपिट गरेका थिए । घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प...
फोटो खिच्ने क्रममा सप्तकोसीमा खस्दा स्वास्थ्यकर्मीको मृत्यु

फोटो खिच्ने क्रममा सप्तकोसीमा खस्दा स्वास्थ्यकर्मीको मृत्यु

सुनसरी । कोसी ब्यारेजमा डुबेर शनिबार एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक-६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन् । इलाका प्रहरी कार्यालय कोसी ब्यारेजका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोसी ब्यारेजको ५२ नम्बर ढोकामा फोटो खिच्ने क्रममा लडेका थिए । लडेर पानीमा डुबेका नेपाललाई सशस्त्र प्रहरी नम्बर १ बाहिनी प...
२०७८ मंसिर १२ गते आइतवारको राशिफल

२०७८ मंसिर १२ गते आइतवारको राशिफल

ई.सं. २०२१ नोवेम्बर २८ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण नवमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण नवमी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुणी नक्षत्र, वैधृति योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः३४ बजे, सूर्यास्त साँझ ५ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ...
धनकुटाका माओवादी नेताहरु भन्छन्: एमालेले भ्रम फैलाउँदैछ, हावादारी कुराको पछि नलागौं

धनकुटाका माओवादी नेताहरु भन्छन्: एमालेले भ्रम फैलाउँदैछ, हावादारी कुराको पछि नलागौं

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले धनकुटामा एमालेले भ्रम फैलाएको बताएका छन् । शनिवार माओवादी केन्द्र पाख्रीबास नगर कमिटीको प्रथम नगर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै नेताहरुले धनकुटामा माओवादी रित्तियो भनेर एमाले नेताहरुले हावादारी कुरा गरेर जनतामा भ्रम फैलाउँने काम गरिरहेको बताएका हुन् । कार्यक्रममा माओेवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारीले एमालेले जनता...
ईटहरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

ईटहरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका–४ श्रमिक टोलबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर–१० घर भई ईटहरी बस्दै आएका ३० बर्षीय संजय लामा छन् । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले लामालाई पक्राउ गरेको हो । उनको कोठाबाट ९ ग्राम २० मिलीग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका लामाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले...
धनकुटामा टेम्पुले ब्रेक लगाउँदा दुई जना घाइते, उपचारका लागि घोपा पठाइयो

धनकुटामा टेम्पुले ब्रेक लगाउँदा दुई जना घाइते, उपचारका लागि घोपा पठाइयो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेस्थित कोशी राजमार्गमा गएराती टेम्पुले एक्कासी ब्रेक लगाउँदा दुई जना घाइते भएका छन् । राती करिब साढे १ बजे साँगुरीगढी–६ धारापानीबाट सिम्सुवातर्फ जाँदै गरेको को.१ ह ३१६३ नम्बरको टेम्पुले ब्रेक लगाउँदा टेम्पुमा सवार यात्रु घाइते भएका हुन् । घाइते हुँनेमा टेम्पुमा सवार सुनसरीको धरान उपमहानगरपालिका–१६ का ३२ बर्षीय सुजन राई र ३९ बर्षीय राजकुमार राई छन्...
नेपालको जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान

नेपालको जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ । यसपटकको जनसङ्ख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो । आउँदो पुसदेखि जनगणनाको विवरण प्रशोधन सुरु गरी करिब तीन महि...
२०७८ मंसिर ११ गते शनिवारको राशिफल

२०७८ मंसिर ११ गते शनिवारको राशिफल

ई.सं. २०२१ नोवेम्बर २७ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण अष्टमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण अष्टमी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, एन्द्र योग, बालब करण । नेपालमा सूर्योदय बिहान ६ः३३ बजे, सूर्यास्त साँझ ५ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ...
केएमसीको शिविरबाट धुलिखेलका १३ सय विरामी लाभान्वित

केएमसीको शिविरबाट धुलिखेलका १३ सय विरामी लाभान्वित

काभ्रे । काभ्रेको धुलिखेलमा काठमाडौं मेडिकल कलेजले शुक्रबार गरेको निःशुल्क स्वास्थ्य शिविरमा १३ सय विरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । धुलिखेल नगरपालिका ८ नं.वडा कार्यालय, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीउ सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले धुलिखेल–८ बडालगाउँस्थित विनायक वाल निम्न माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा २१३ जनाको भिडियो एक्सरे, २०९ जन...
झापाबाट ब्राउन सुगरसहित सात जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित सात जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–७ बोक्तोवारीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी, भद्रपुर–६ संगमटोलका २० बर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ बर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका–८ सैनिकटोलका १८ बर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ बर्षीय प्रताप योञ्जन र अर्जुनधारा नगरपालिका–१ का २...
मामाको हत्या आरोपमा भान्जा पक्राउ

मामाको हत्या आरोपमा भान्जा पक्राउ

काठमाडौं । काठमाडौंमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–५ का ३१ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा उनका भान्जा १९ वर्षीय मिलन लुङ्गेनी मगरलाई प्रहरीले पक्राउ परेको हो । महानगरीय अपराध महाशाखाका अनुसार बुधबार लुङगेनीले आफूसँगै बस्ने मामालाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको हो । लुङ्गेनीलाई धा...
विराटनगरबाट लागुऔषधसहित धनकुटाका तामाङ पक्राउ

विराटनगरबाट लागुऔषधसहित धनकुटाका तामाङ पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ हिलेका २३ बर्षीय विवेक तामाङ छन् । बिहिबार बेलुका लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध लुपिजेसिक ९ एम्पुल, डाईजाल्याब ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परे...
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापाको मेचिनगर नगरपालिका–१४ शनिबारेमा जंगली आत्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भद्रपुर नगरपालिका–९ का ६० बर्षीय राम बहादुर बुर्जा मगर छन् । बिहान साढे ६ बजे शनिबारेस्थित चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गरेको थियो । जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय धुला...
अनियमितता रोक्ने जिम्मेवारी कार्यालय प्रमुखको हो : प्रमुख आयुक्त राई

अनियमितता रोक्ने जिम्मेवारी कार्यालय प्रमुखको हो : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा सदाचारिता कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, “अख्तियारले भ्रष्ट...
आजदेखि एमालेको महाधिवेशन सुरु हुँदै

आजदेखि एमालेको महाधिवेशन सुरु हुँदै

चितवन । चितवनमा आजदेखि नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । चितवनको नारायणी नदी किनारमा निर्माण गरिएको कार्यक्रमस्थलमा उद्घाटन गरिने महाधिवेशन आइतवारसम्म चल्नेछ । महाविधेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा हुँनेछ । शनिवार उम्मेदवारी दर्ता गर्ने, फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ । आकांक्षीहरुबीच सहमति नहुँदा आइतवार मतदान हुनेछ । महाधिवेशन...
कांग्रेसमा महामन्त्रीका आठ आकांक्षी

कांग्रेसमा महामन्त्रीका आठ आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म आठ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् । कांग्रेस विधानमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । सो दुई पदका लागि पार्टीभित्रका फरकफरक गुटबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । महा...
२०७८ मंसिर १० गते शुक्रवारको राशिफल

२०७८ मंसिर १० गते शुक्रवारको राशिफल

ई.सं. २०२१ नोवेम्बर २६ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण सप्तमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण सप्तमी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, ब्रम्हा योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः३२ बजे, सूर्यास्त साँझ ५ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको ...
कालिमाटी तरकारी बजारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

कालिमाटी तरकारी बजारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिहिवार काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी तरकारी बजारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय कपिङ्गल बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर केएमसीले नारायणी कम्ल्पेक्स कालीमाटी तरकारी बजारमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ९ सय ६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल...
एमाले सचिवमा राईको उम्मेदवारी

एमाले सचिवमा राईको उम्मेदवारी

विराटनगर । एमाले केन्द्रीय सदस्य शेरधन राईले एमाले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले सचिवका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । पार्टीमा सहमति भएपनि सचिवमै रहने र निर्वाचन भएपनि सचिवमा उम्मदवारी दिने उनको भनाई छ । नयाँ नेतृत्व चयनका लागि एमालेको १० औं महाधिवेशन भोलिदेखि चितवनमा शुरु हुँदैछ ।
पाँचथरमा भालुको आक्रमणबाट वृद्ध घाइते

पाँचथरमा भालुको आक्रमणबाट वृद्ध घाइते

पाँचथर । पाँचथरमा भालुको आक्रमणबाट आज एक वृद्ध गंभीर घाइते भएका छन् । भालुले आक्रमण गर्दा फालेलुङ गाउँपालिका–३ मेमेङका ७० वर्षीय रामकुमार राई गम्भीर घाइते भएका हुन् । विहान करिव ७ बजे गाईवस्तु लिएर जंगलतर्फ जाने क्रममा घरबाट करिब तीन किलोमिटर टाढा पुगेपछि उनलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रणबाट राईको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । गंभीर घाइते भएका राईलाई उपचारका लाग...
धनकुटामा भरुवा बन्दुकसहित एक जना पक्राउ

धनकुटामा भरुवा बन्दुकसहित एक जना पक्राउ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । छथर जोरापटी–३ चिउरीबोटेका २४ बर्षीय राजन लिम्बूलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । प्रहरी चौकी छथर जोरपाटीबाट खटिएको टोलीले राजनले आफ्नो गाईगोठमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो । बन्दुक बरामद भएपछि उनलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
जेल सजायबाट जोगिन आफ्नै मृत्युदर्ता

जेल सजायबाट जोगिन आफ्नै मृत्युदर्ता

सुनसरी । सुनसरीमा एक व्यक्तिले जेल सजायबाट जोगिन आफ्नै मृत्युदर्ता गराएको खुलेको छ । इनरुवा–७ का अजित मियाँले कैद सजायबाट जोगिन आफ्नै मृत्युदर्ता गराएका हुन् । रामधुनी–५ का जैयसकुमार साहको घरमा २०६८ भदौ १७ गते भएको डकैती घटनामा अदालतले अजितसहित तीन जनालाई कसुरदार ठहर गरेको थियो । तीन मध्ये लुचाई शर्मा खत्वेलाई प्रहरीले पक्राउ गरे पनि अजितले मृत्युदर्ता प्रमाणपत्र बनाएका थिए । अजितले २०७५ मंसिर...
एमाले सचिवमा ५ गुना बढी आकांक्षी

एमाले सचिवमा ५ गुना बढी आकांक्षी

काठमाडौं । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सचिव पदका आकांक्षी अत्यधिक देखिएका छन्। नयाँ विधानले सात सचिवको व्यवस्था गरेको छ। आकांक्षी भने पाँच गुना बढी देखिएका छन्। नवौं महाधिवेशनबाट पाँच सचिव निर्वाचित भएका थिए। जसमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य छन्। यीमध्ये गुरुङले महासचिव वा उपाध्यक्षमा दाबी गरेका छन्। ज्ञवाली महासचिव नभए उपमहासचिव पदका आका...
२०७८ मंसिर ९ गते बिहीवारको राशिफल

२०७८ मंसिर ९ गते बिहीवारको राशिफल

ई.सं. २०२१ नोवेम्बर २५ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण षष्ठी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण षष्ठी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शुक्ल योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः३२ बजे, सूर्यास्त साँझ ५ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्रा...
पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा याङवरक–२ का ३३ वर्षीय नवराज बेघा छन् । पुष्पलाल राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना हुँदा घटनास्थलमै बेघाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्याक्टर सडकबाट करिव १०० मिटर त...
error: Content is protected !!