संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिहिवार काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी तरकारी बजारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

Advertisement

स्थानीय कपिङ्गल बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर केएमसीले नारायणी कम्ल्पेक्स कालीमाटी तरकारी बजारमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा ९ सय ६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार २०३ बिरामीको रक्त परीक्षण, १९७ बिरामीको भिडियो एक्सरे र १६४ जनाको ईसीजी गरिएको छ ।

त्यस्तै २९ जना बिरामीको दाँत निकालिएको छ । शिविरमा उपचार सम्भव नभएका ६३ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ ।

शिविरमा केएमसीको जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोनी तथा नसा रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग लगायत विभागका विशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि बिभिन्न जिल्लामा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!