माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा भारी मतसहित नेम्वाङ निर्वाचित
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । बिहिबार बिहान सार्वजनिक मत परिणाम अनुसार १६९ मतसहित नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिद्धन्द्धी मुक्साहाङ मेन्याङ्बो (मुकेश) लाई १०५ मतान्तरले पराजित गरेका छन् । अध्यक्षका प्रत्याशी मेन्याङ्बोले ६४ मत ल्याएका हुन् ।
उपाध्यक्षमा १२० मतसहित देवान चाम्लिङ, ११३ मतसहित शिवकुमार डाँ...




























