संगालोखबर सम्वाददाता

सिरहा । सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–६ स्थित गोलबजारमा शनिबार राती पौने ८ बजे दुई समूहबीच झडप भएको हो ।

Advertisement

झडपमा छुरा प्रहारबाट २६ बर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै निकेश सदा गंभीर घाइते भएका छन् । दुई पक्षका ६–७ जनाबीच झडप भएको हो । उनीहरू अहिले फरार छन् । के कारण घटना भएको भन्ने विषय खुलेको छैन । प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ ।

यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरोध गरेका छन् । स्थानीयले सडकमै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!