संगालोखबर सम्बाददाता

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना बहुमुखी क्याम्पसको रजत जयन्तीको अवसरमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा क्याम्पस परिषरमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा १ हजार ४ सय ९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा उपचारका लागि आएका २१३ जनाको रक्त परीक्षण, १६७ जनाको मुटुको जाँच (इसीजी) र १६३ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएर शिविरमा आएका ६३ जनाको दाँत उखेलिएको छ ।

ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । शिविरबाट बिपन्न बर्गका विरामीहरुलाई फाइदा पुग्ने भएकाले स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने नोबेल अस्पतालका सञ्चालन डा.सुनिल शर्मा बताउँछन् ।

डा.शर्मा अध्यक्ष रहेको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले पनि बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!