महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम बन्ने, उद्योग मन्त्रालयसँग मेयर नेपालले गरे सम्झौता
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउँन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ...























